चौसागढी १३को मार्से खोला खेतमा नँया तरिकाबाट धान रोपाइ
जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३मा रहेको मार्सेमा आधुनिक तथा नँया प्रबीधीबाट रोपाइ दिबश मनाइएको छ । पानी नपरेर किसान चिन्तित भइरहेको बेला नयाँ प्रबिधबिाट धान रोपाइ भए पछी स्थानीय कृषकहरु खुशी भएका छन । धान दिबशको कार्यक्रममा प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगर पालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले धान रोपाइको शुभरम्भ गर्दै यस वर्षको रोपाइँ महोत्सवमा परम्परागत शैलीभन्दा फरक, आधुनिक र वैज्ञानिक पद्धतिको प्रयोग गरिएकोमा यसको स्थाइत्वका लागी आफुले गर्न पर्ने हरेक सहयोग हरु गरिरहने बताउँनु भयो । सापकोटाले कृषिमा आधुनिकीकरण र प्रविधिको प्रयोगविना उत्पादन बढाउन नसकिने देखीएकाले स्थानीय तहले कृषकहरूलाई प्रविधिमैत्री बनाउन र प्रोत्साहन गर्न सधैँ साथ दिने बताउँनु भयो ।नगर प्रमुख सापकोटाले परम्परालाइ सम्झाउँदै र यसको संरक्षण गर्दै समयको परिब...









