सम्पर्क

राजनिती

पत्रकार महासंघ आबद्ध सबै पत्रकारको स्वास्थ्य बिमा सरकारले गरिदिने

पत्रकार महासंघ आबद्ध सबै पत्रकारको स्वास्थ्य बिमा सरकारले गरिदिने

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, स्वास्थ्य
सगुन बस्नेत,बागमती प्रदेस सरकारले बागमती प्रदेशका १३ जिल्लाका पत्रकार महासंघ आबद्ध सबै पत्रकारको आर्थिक वर्ष २०८२÷८३ मा स्वास्थ बिमा गरि दिने भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष, कृष्णसारु मगरका अनुसार महासघंको माग अनुसार प्रदेस सरकारले यो निर्णय गरेको हो । उँहाले हाम्रो प्रस्तावलाई सहर्ष स्वीकार्दै पत्रकार स्वास्थ बिमाको लागि बजेट बिनियोजन गरिदिनुभएकोमा बागमती प्रदेश सरकारका स्वस्थ्य मन्त्री किरण थापा मगरलाई हार्दिक धन्यवाद दिनु भयो । उँहाले मुख्यमन्त्री बहादुरसिं लामाले बागमती प्रदेशमा हालसम्मकै सञ्चार क्षेत्रको लागि अनुदार बजेट ल्याएर रेकर्ड कायम गर्नुभएको बताउँनु भयो । मुख्यमन्त्री कार्यालय र सञ्चार हेर्ने मन्त्रालले सञ्चार क्षेत्रका हाम्रा धेरै विषयहरू नसमेटेपनि विभिन्न मन्त्रालयले हाम्रो प्रस्तावहरूलाई सम्बोधन गरेको जानकारी दिनु भयो । उँहाले सामाजीक सञ्जाल मार्फत सरका...
बाह्रबिसे देखि कोदारीसम्मको सडक मा बाढीपहीरो रोकथामको लागी छलफल

बाह्रबिसे देखि कोदारीसम्मको सडक मा बाढीपहीरो रोकथामको लागी छलफल

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धु पाल्चोक जिल्लाको बाह्रबिसे देखि कोदारीसम्मको २६ किलोमीटर सडक मा बाढीपहीरो रोकथामको लागी सबै मिलेर लाग्न पर्ने त्यसका लागी बर्षामा हुने पहीरो स्थाइ रुपले रोकथाम गर्नका लागी सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न पर्ने सरोकारवालाहरुले बताएका छन । बाह्रबिसे देखि कोदारीसम्मको सडकमा बाढी पहिरोका कारण पुग्ने क्षती र त्यसको समाधान बारे गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । नेपाली काँगेसका केन्द्रिय सदस्य पुर्ब मनत्री मोहन बहादुर बस्नेतले बिपत हल्ला गरेर आउँदैन तर बिगतका अनुभबका आधारमा पनी बिपत आउँन सक्ने सम्भाबीत स्थानहरुमा समयमा नै रोकथाम तिर लाग्न पर्ने बताउँनु हुँदै यसका लागी आफु रातोदिन खटेको र बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत लागाएत त्रिपुरा सुन्दरी, र भोटेकोशी गाँउपालिकाहरुले यस क्षेत्रमा हुन सक्ने घटनालाइ नजीक बाट हेरेको बताउँनु भयो । बुधबार जिल्ला समन्वय समि...
पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुलाल्चोक, २९ असार : प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन नगर्दा ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको सो स्थानमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि जनचेतना जगाउने ध्येयले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नाराका साथ पत्रकार पदयात्रा–२ आयोजना गरिएको छ । सम्पादक समाज नेपालद्वारा मेलम्ची नगरपालिकाको आतिथ्यमा मेलम्ची –९ स्थित गुफाडाँडामा शनिबार आयोजित सो कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडाको पर्यटकीय सम्भावनालाई प्रदेश र सङ्घ सरकारले उचित ध्यान दिन नसकेको गुनासो गर्नुभयो । “मुख्यमन्त्रीदेखि मन्त्रीहरूसम्म यहाँ आएर जनताको माझमा गरेका प्रतिबद्धताहरू अझै पूर...
डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

#, कृषि, ब्रेकिङ न्युज १, राजनिती, समाचार
जलेश्वर (महोत्तरी), २४ असारः जिल्लास्थित डिभिजन वन कार्यालय जलेश्वरले करिब नौ लाख ४० बिरुवा वितरण गर्ने भएको छ । कार्यालयका प्रमुख अजयकुमार मिश्रका अनुसार जिल्लामा ‘हरियाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नौ लाख ४० हजार बिरुवा वितरण गर्न लागिएको हो । उहाँले जिल्लाका १५ वटा पालिकाका किसान र इच्छुक सङ्घसंस्था, स्कुल, कलेज, प्रहरी, आर्मी तथा कृषि वन र निजी वनका लागि बिरुवा वितरण गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि कार्यालयले इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई पायक पर्नेगरी विभिन्न २० स्थानमा बिरुवा उत्पादन गरिरहेको छ । कार्यालयले जिल्लाको सदरमुकाम जलेश्वरस्थित डिभिजन वन कार्यालय र वडा नं १ स्थित जलेश्वर बजार, गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ, वडा नं ८ खाल्टे बजार, भङ्गाहा नगरपालिका–४ थारुटोल बनरा, बलवा नगरपालिका–४ बलवा बजार, लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा बजार, पिपरा गाउँपालि...

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको छ । साथै तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाइने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीकोतर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । त्यसैगरी, तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू गरिएको ८० घण्टे आमरण अनशन उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाबाट आजै तोडिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ देखि जारी छ । सभापत...

बस्नेतलाइ २५लाख धरौटी,यस्तो छ आदेश  

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ ।बिशेष अदालतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरिएको छ । आइतबार थुनछेक बहसपछि विशेष अदालतले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन बस्नेत आइतबार स्वयम अदालतमा उपस्थित भएर बयान दिनु भएको थियो ।न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इलसालले आइतबार बयान लिइसकेपछि बस्नेतलाई धरौटीमा छाड्न भनेको हो ।दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।यस्तो छ आदेश  ...

मेलम्ची नगरपालिकाद्धारा भ्रममा नपर्न अनुरोध

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य
गर्देै मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्धता भएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ। नगर प्रमुख तामाङको सचिबालयले आफ्नो आधिकारीक सञ्जाल मार्फत यस्तो जनाएको हो । केही दिन अगाडी केही सञ्चार माध्यमबाट मेलम्ची नगरपालिकामा अनियमितता भन्दै नगर प्रमुख र उप प्रमुख समेतको नाम आए पछी नगरपालिकाले यस्तो बताएको हो । पालिकाले नगर बासीलाइ भ्रममा नपर्न समेत आग्रह गरेको छ । हामी नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध छौं । पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणको प्रतिवेदनको हवाला दिंदै मेलम्ची नगरपालिकाको विषयमा तथ्यहिन समाचारहरु प्रकाशन गरेका छन् । महालेखा परीक्षकको प्रतिवेदन प्रति हामी गम्भीर र सचेत छौं । बेरुजु कम गर्न हामी प्रयत्नशील पनि छौं ।हामीलाई लाग्थ्यो रिपोर्टिङ गर्ने साथीहरु विज्ञ हुनुहुन्छ र उहाँहरुले राम्रो अध्ययन गरेर मात्र समा...

कालिका हाइड्रो रोक्न जिप्रकामा ज्ञापन पत्र

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्ला प्रमुख जिल्ला अधिकारी किरण थापालाइ उँहाकै कार्यकक्षमा भोटेकोशी बचाउ संघर्ष समिति, बाह्रबिसेले बिहीबार ज्ञापन पत्र बुझाएको छ ।   सघर्ष समितीको तर्फबाट नवीन श्रेष्ठ , हेमन्त श्रेष्ठ लगायतका निवेदकहरुले सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ५ को जम्वु स्थित मध्य भोटेकोशी जलबिद्युत आयोजनाको पावर हाउसबाट पानी बाहिर निस्कन नपाई सुरुङ मार्ग तयार गरी जलविद्युत उत्पादन (४६ मे.वा.) गर्ने गरी तयार गरिएको कालिका इनर्जी लि. द्वारा प्रस्तावित भोटेकोशी ५ जलविद्युत आयोजना सञ्चालन प्रकृयाले बाताबरणमा ठुलो असर पर्ने हुँदा खारेज गर्न माग गरिएको छ । यसै गरी जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण)श्रेष्ठ र जिल्ला समन्वय अधिकारी प्रेमप्रसादन्यौपाने लाई पनी संघर्ष समिति बार्हबिसेका बासिन्दाले भेटी ज्ञापन पत्र बुझाएको निबेदक हेमन्त श्रेष्ठले जानकारी दिनु भयो ...

बागमती प्रदेशसरकारको ६७ अर्बको बजेटमा को कुन मन्त्रालयलाई कति?६७ अर्बको बजेट

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार राती आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७अरबको बजेट प्रस्तुत गर्नु भएको हो । दिउसो ३बजे बजेट प्रस्तुत गर्नै भनीउको भउता पनी मनत्रालयका सचिबले बजेट बनाउँदा मन्त्री सँग सल्लाह नगरी एकलौटी बजेट निर्माण गरेको भन्दै बिबाद भए पछी बजेट प्रस्तुत गर्न राती भएको बताइएको छ । कुल विनियोजनमध्ये ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ जुन कुल बजेटको ६१.४० प्रतिशत हो। चालु खर्चतर्फ भने २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ अर्थात् ३८.६० प्रतिशत विनियोजन गरिएको छ।मन्त्री काफ्लेले आर्थिक वृद्धिसँगै सेवा प्रवाहको प्रभावकारिता र दिगोपनामा बजेटले टेवा पु¥याउने बताउँनु भयो ।बजेट कार्यान्वयनका लागि सरकारले कर तथा गैरकर स्रोतबाट आम्दानीको खाका ...

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
 नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो । मतदान विद्युतीय मेसिनबाट हुनेछ । उहाँका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ । २४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिनुभएको छ । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ । यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिनुभएको छ । ...