सम्पर्क

पत्रकार महासंघ आबद्ध सबै पत्रकारको स्वास्थ्य बिमा सरकारले गरिदिने

सगुन बस्नेत,बागमती प्रदेस सरकारले बागमती प्रदेशका १३ जिल्लाका पत्रकार महासंघ आबद्ध सबै पत्रकारको आर्थिक वर्ष २०८२÷८३ मा स्वास्थ बिमा गरि दिने भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष, कृष्णसारु मगरका अनुसार महासघंको माग अनुसार प्रदेस सरकारले यो निर्णय गरेको हो । उँहाले हाम्रो प्रस्तावलाई सहर्ष स्वीकार्दै पत्रकार स्वास्थ बिमाको लागि बजेट बिनियोजन गरिदिनुभएकोमा बागमती प्रदेश सरकारका स्वस्थ्य मन्त्री किरण थापा मगरलाई हार्दिक धन्यवाद दिनु भयो । उँहाले मुख्यमन्त्री बहादुरसिं लामाले बागमती प्रदेशमा हालसम्मकै सञ्चार क्षेत्रको लागि अनुदार बजेट ल्याएर रेकर्ड कायम गर्नुभएको बताउँनु भयो । मुख्यमन्त्री कार्यालय र सञ्चार हेर्ने मन्त्रालले सञ्चार क्षेत्रका हाम्रा धेरै विषयहरू नसमेटेपनि विभिन्न मन्त्रालयले हाम्रो प्रस्तावहरूलाई सम्बोधन गरेको जानकारी दिनु भयो । उँहाले सामाजीक सञ्जाल मार्फत सरकारसंग नजिक भएका पत्रकार संगठनका नेतृत्वहरूबाट पनि प्रभावकारी समन्वय र पहल नभएको महशुस भएको बताउँदै यधपी महासंघको संस्थागत विकास लगायतका महत्त्वपूर्ण कार्य अघि बढ्ने बताउँनु भएको छ । सञ्चार क्षेत्रका मुद्दा सम्बोधन गरिदिने मन्त्री, सचिव सम्बद्ध सबैलाई धन्यवाद दिनु भयो । उँहाले स्वास्थ मन्त्री ले सञ्चार क्षेत्रलाई धेरै माया गर्नेमा पर्नुहुन्छ । भन्नु हुँदै मन्त्री हुदा सञ्चार क्षेत्रलाई दिनुभएको मायाको हामी ऋणि छौं भन्नु भयो ।महासंघको निर्वाचनको समयमा अध्यक्षको उम्मेदवार बन्दै गर्दा जारी गरेको घोषणापत्र र आफुले गरेको प्रतिबद्धता अनुसार बिमाको लागि आवश्यक प्रक्रिया अघि बढाईन जानकारी दिनु भयो ।यो वर्ष रोकिएको सञ्चारमाध्यमले पाउने स्वास्थ्य सूचना सन्देश प्रशारण कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिनुभएकोमा स्वस्थ्य मन्त्री लाई थप धन्यबाद दिनु भयो ।प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले पत्रकारहरू लोकतन्त्रका स्तम्भ भएको उल्लेख गर्दै प्रदेश सरकार पत्रकारहरूको स्वास्थ्य सुरक्षाको लागि तैयार रहेको बताउँनु भएको छ। स्वास्थ्य मन्त्री थापाले “पत्रकारहरूको जीवन र स्वास्थ्य सुरक्षित राख्न सरकारले अब स्वास्थ्य बीमा योजना अघि बढाउने निर्णय गरेको छअब छिट्टै यसको कार्यान्वयन हुनेछ भन्नु भयो ।