दर्शन सुनार लोकप्रिय समाचार राष्ट्र्यि दैनिक कतार
कतारमा रहेका स्याङ्जा बासीहरूको साझा संस्था स्याङ्जा सहयोग समाज कतारले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा र समाजको मातहतमा रहेका विभिन्न इकाईहरूको सह आयोजनामा हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो“रक्तदान गरौँ,मानवीय तथा परोपकारी कार्यमा सहभागी हौ“ भन्ने मूल नारालाई आत्मसाथ गर्दै कतारमा स्थापित विभिन्न सम्पूर्ण नेपाली सङ्घ–संस्था,तथा कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त मानवीय कार्यमा शरिक भएर रक्तदान गरिदिन समाजका अध्यक्ष घनश्याम जैसीले आग्रह गर्नु भएको छ ।शुक्रवार बिहान ८ बजे देखि मध्यान्ह १२ बजे सम्म रक्तदान चल्ने कार्य तालिका रहेको छ ।कार्यक्रममा सादर सहभागिताको लागी स्याङ्जा सहयोग समाज कतारले अनुरोध समेत गरेको छ । थप जानकारीको लागी कार्यक्रम संयोजक टेक गैह्रे ३३०९०७०७ मा सम्पर्क गर्न सकिने जैसीले जानकारी दिनुभएको छ ।
