सम्पर्क

आज देखी सिन्धुपाल्चोकका सबै वडाहरुमा अनलाइन सेवा शुरु हुने

जिल्लाका प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज देखी जिल्लाका सबै वडाहरुलाइ अनलाइनबाटै नागरिकताको सिफारिस गर्न परिपत्र गरेको छ । जिल्लाको सबै वडा कार्यलयहरुले अनलाइनबाट नागरिकताको लागी सिफारिस गर्न तालीम लिएका र केही पालिकाहरुले यसको कार्यन्वयन गरेको भएता पनी धेरै पालिकाका वडा हरुमा बाँकी भएको ले जिल्ला प्रशासन कार्यलयले सबै वडाहरुलाइ अनिबार्य गरेको हो । प्रमुख जिल्ला अधिकारी किरण थापाले अनलाइन मार्फत नागरिकताको सिफारिस गर्नका लागी हरेक वडा सचिब कम्प्युटर अपरेटर हरुलाइ तालिम दिइ सकेको भएता पनी केही वडाहरुमा बाँकी भएकाले यसका लागी सबैलाइ अनलाइन मार्फत सेवा प्रबाह गर्न अनुरोध गरिएको बताउँनु भयो । उँहाले मन्त्रालयको निर्णय अनुसार सबै लाइ अनलाइन सिफारिसका लागी सिन्धुपाल्चोक जिल्लाका वडाहरुलाइ पनी अनुरोध गरिएको जानकारी दिनु भयो ।  उँहाले नागरिकता सिफारिसको कार्यलाई समय सापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको बताउँनु भयो ।‘गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड नम्बरसहित प्रशासनमा, ‘कोड नम्बर लिएर आउने सेवाग्राहीको विवरण रूजु गरेर प्रशासनले नागरिकता प्रदान गर्ने भएकाले छिटो सेवा पाउँने महशुस गरिएको छ ।’गृह मन्त्रालयले सबै वडा कार्यालयलाई नागरिकता सूचना व्यवस्थान प्रणाली मा पहुँच पुर्याउन सबै वडा सचिवलाई तालीम दिएपछि नागरिकताको अनलाइन सिफारिस शुरु भएको हो ।नागरिकता सिफारिस अनलाइनबाट सिफारिस गर्दा जन्मदर्ता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, बाबु, आमा, पतिको नागरिकता प्रमाणपत्र, बसाईसराई दर्ता प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र लगाएतका कागजात वडा कार्यालयले स्क्यानिङ्ग गरी अनलाइन बाट पठाउने ब्यबस्था गरिएको छ । यसबाट नागरिकता वितरणमा नविन प्रविधिको प्रयोग, नागरिकता सिफारिसमा हुने त्रुटी सुधार र काममा छिटो छरितो भई नागरिकता प्रमाणपत्र दिन सहज हुने बताइएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ।अनलाइनमार्फत सिफारिस गर्दा नागरिकता सिफारिसमा हुने गलत क्रियाकलाप नियन्त्रण हुने, सेवाग्राहीलाई झन्झट नहुने र कर्मचारीलाई पनि काम गर्न सजिलो हुने भएको छ ।