सिन्धु पाल्चोक जिल्लाको बाह्रबिसे देखि कोदारीसम्मको २६ किलोमीटर सडक मा बाढीपहीरो रोकथामको लागी सबै मिलेर लाग्न पर्ने त्यसका लागी बर्षामा हुने पहीरो स्थाइ रुपले रोकथाम गर्नका लागी सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न पर्ने सरोकारवालाहरुले बताएका छन ।
बाह्रबिसे देखि कोदारीसम्मको सडकमा बाढी पहिरोका कारण पुग्ने क्षती र त्यसको समाधान बारे गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन ।
नेपाली काँगेसका केन्द्रिय सदस्य पुर्ब मनत्री मोहन बहादुर बस्नेतले बिपत हल्ला गरेर आउँदैन तर बिगतका अनुभबका आधारमा पनी बिपत आउँन सक्ने सम्भाबीत स्थानहरुमा समयमा नै रोकथाम तिर लाग्न पर्ने बताउँनु हुँदै यसका लागी आफु रातोदिन खटेको र बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत लागाएत त्रिपुरा सुन्दरी, र भोटेकोशी गाँउपालिकाहरुले यस क्षेत्रमा हुन सक्ने घटनालाइ नजीक बाट हेरेको बताउँनु भयो । बुधबार जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको आयोजना तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्वयमा तातोपानी नाका र अरनिको राजमार्ग लाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम गरिएको हो । रसुवा नाका बन्द भएपछि तातोपानी नाकामा पर्ने व्यावसायिक चापलाई सहजीकरण र ब्यवस्थापन गर्ने तथा बाह्रबिसे देखि कोदारीसम्मको २६ किलोमीटर सडक बाढी पहिरोका कारण पुग्ने क्षती र त्यसको समाधान बारे छलफल गरीएको थियो ।
छलफल कार्यक्रममा काङ्ग्रेस केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री माननीय मोहन बहादुर बस्नेत बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत, प्रमुख जिल्ला अधिकारी किरण थापा उद्योग बाणीज्य संघका अध्यक्ष बुद्ध राज बस्नेत तातोपानी भन्सार कार्यालयको प्रतिनिधि, सडक डिभिजन कार्यालय चरिकोटको प्रमुख, जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नेपाल हिमालय सिमापार वाणिज्य संघका प्रतिनिधि, भोटेकोशी चेम्बर अफ कमर्सका नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालीका प्रतिनधी हरुको उपस्थिती रहेको थियो । जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।
