कुमार बस्नेतद्वारा शिक्षासामग्री वितरण
सिन्धुपाल्चोक जेठ १९ – सुनकोशी ५ रतनकोट आधारभूत बिद्यालयमा पुर्व स्वस्थ मन्त्रि मोहन बहादुर बस्नेतको निर्देशनमा सुनकोशी गाउँपालिका वडा नं. ५ का नेपाली काँग्रेस वडा सभापति तथा समाजसेवी युवानेता कुमार बस्नेत र उहाँकी धर्मपत्नी सावित्री खड्का बस्नेतको ब्यक्तिगत सहयोगमा रतनकोट आधारभूत विद्यालयका कक्षा ECD देखि ५ सम्म अध्ययनरत ३७ जना विद्यार्थीहरूलाई अंग्रेजी पुस्तक, स्टेशनरी सामग्री र ज्यामितीय शैक्षिक सामग्री वितरण गरिएको छ।शिक्षामा समान पहुँच र गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पढाइको व्यवस्था होस् भन्ने उद्देश्यसहित यो महत्वपूर्ण पहल गरिएको हो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापनय समितिका अध्यक्ष स्याम कुमार लामाले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि युवा नेता कुमार बस्नेत हुनुहुन्थ्यो। विशेष अतिथि समाजसेवी प्रमोद लामा, विद्यालयका प्...
