सम्पर्क

राजनिती

कात्तिक १९ गतेदेखि उग्रतारा मेला

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
अमरगढी (डडेलधुरा), ८ कात्तिक : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) यही कात्तिक १९ गते सुरु हुने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र दोस्रो दिन मेला लाग्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । सोहीअनुसार कात्तिक १८ गते रतेडी र कात्तिक १९ गते बुधवारका दिन दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ । डडेलधुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन् । देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्च...

बिना अनुमती प्रदर्शनी गरिएकोले प्रदर्शनकारी पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाण्डौको माइतीघर मा भएको प्रदर्शनीमा ुहभागीहरुलाइ प्रहरीले प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाण्डौको माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले सोधपुछका लागि पक्राउ गरेको हो । स्थानीय प्रशासनको अनुमतिविना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुठभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।पक्राउ परेका ७६ मध्ये ३६ जना महिला र ४० जना पुरुष रहेको बताइएको छ । सरकारसँग अनुमति नलिई धर्ना बस्न खोजेको र विभिन्न समूहको फरक फरक धर्नाले आपसमै मनमुटाव हुने अवस्था देखिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  ...

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
काठमाडौँ, ७ कात्तिकः जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ । “तिहारको दिन काठमाडौँ उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएको रेकर्ड छ”, ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो, “ट्राफिक प्रहरी प्रमुख सहितको टोली तिहारको दिन सडकमा खटिएको थियो, प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन पाएन ।” उहाँका अनुसार मात्रै उपत्यकामा १९९ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन् । साथै १५ जना मानिस सामान्य घाइते भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार तिहारमा सुरक्षात्मक उपायहरू कड...

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

#, कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, ७ कात्तिक: ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै अभियान्ताहरुले देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको, सम्पूर्ण जेनजी युवालाई एकताबद्ध बनाउनुको सट्टा बेग्लाबेग्लै समूहमा विभाजित गर्न भूमिका खेलेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँहरुले जेनजी युवालाई एकताबद्ध गराउन सरकारले तत्काल ७७ वटै जिल्लामा ‘जेनजी सम्मेलन’ आयोजना गर्नुपर्ने धारणा राख्नुभएको थियो । जेनजी आन्दोलनको घाइते मदन कार्कीले सरकारले आफूहरुको माग सुनुवाइ नगरी निर्वाचनमा सहभागी हुन दबाब दिएको जनाउँदै माग पूरा गराउन सम्पूर्ण जेनजी एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “जेनजी युवा सडकमा ...

पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, साहित्य
नमुना युथ एकि्टभ ग्रुुपकाे आयोजनामा हिजो दिपावली साँझ तथा सास्कृतिक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेशका उर्जा जलस्रोत सिंचाइ मन्त्री कृष्ण कुमार तामाङ ,पुर्व मन्त्री युवराज दुलाल,निमा लामा, मेलम्ची नगरपालिकाकाे प्रमुख आइतमान तामाङ ,उप प्रमुख उमा प्रधान,वडा अध्यक्षहरूकाे उपस्थिति रहेको थियोे । कार्यक्रमकाे स्वागत मन्तव्य राख्दै मेलम्ची नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पासङ तामाङले सम्पूर्ण नेपालीलाई दिपावली तथा छर्ठ पर्वको शुभकामना व्यक्त गर्दै मेलम्ची , हेलम्बु र पाँचपोखरीको स्थानीय फटेमा पक्कि पुल नहुँदा समस्यामा रहेको बताउनुभयो । २०७८ साल असार १ गतेकाे बाढी का कारण पुल बगाएपछि पुल नबन्दा समस्या भएको बताउनुभयो । कार्यक्रममा प्रकाश तितुङ, आसमान लाेप्चन ,ओम वाईवा ,नेपाल आइडल विजेता गंगा सा...

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, ५ कात्तिकः नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो”, उहाँले भन्नुभयो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठ...

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

., अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ५ कात्तिकः कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपापले राससलाई जानकारी...

गुफाडाँडामा धार्मिक तथा सांस्कृतिक पार्क निर्माण सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे स्थित पर्यटकीय स्थल गुफाडाँडामा पर्यटन पार्क निर्माण कार्यको प्रकृया सुरु गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मेलम्ची नगरपालिकाले समुदाय लक्षित पर्यटन विकासको दिशामा पार्क निर्माण कार्य अघि बढाउन ठोस कदम चालेको हो। मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले सिन्धुपाल्चोक जिल्लाको मात्र नभइ देसकै नमुनाको रुपमा रहेको गुफाडाँडाका कारण बिदेसी पर्यटक समेत ल्याउँन सक्ने गरी गुफाडाँडाको बिकास गर्न पर्ने बताउँनु हुँदै मेलम्ची नगरपालिकाले धार्मिक र सांस्कृतिक महत्व बोकेको गुफाडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना का साथ आर्थिक वर्ष २०८२÷०८३ का लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गर्नु भएको थियो । करिव तीन करोड रुपैयाँको लागतमा निर्माण हुने बुद्ध, छ्योर्तेन र डम्फु पार्क यस क्षेत्रको प्रमुख ...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, ३१ असोज : सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सो कार्ययोजना अगाडि सार्नुभएको छ । सेवा प्रवाहलाई परिवर्तित परिवेशअनुसार तत्कालै सुधार गर्न सकिने विषय समेटिएको कार्ययोजना मन्त्रीस्तरीय बैठकबाट निर्णयगरी कार्यान्वयनमा ल्याइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उद्योग वाणिज्य क्षेत्रका सरोकारवाला निकाय र क्षेत्रसँगको सघन छलफलका आधारमा मन्त्रालयले कार्ययोजना अगाडि सारेको तथा त्यसले औद्योगिक वातावरण बनाउँदै आर्थिक विकासका लागि मार्ग तय गर्ने विश्वास लिइए...

भिमटार स्थित ईन्द्रावती माबीमा बाल बिबाहसम्बन्धि अन्तरक्रिया कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  सिन्धु पाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ११को भिमटार स्थित ईन्द्रावती माध्यमिक बिद्यालयमा बाल बिबाह रोक थाम सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ। चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ११को सहयोगमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीको आयोजनामा पैरबी समुहको सयोजनमा कार्यक्रम भएको हो । ११ नं वडा सदस्य तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेत्रबिक्रम माझीको प्रमुख अतिथ्यतामा र पैरबी समुहका जिल्ला संयोजक यज्ञ दङगालको सभापतित्वमा बिद्यालयका शिक्षक बिद्यार्थी अभिभाबकहरुको उपस्थितीमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानध्यापक शालिकराम ओलिले स्वागत मन्तब्य राख्दै आफ्ना बिद्यायमा शिक्षक अभिभाबक बिद्यार्थीहरु सबैको प्रतिनिधित्व गराएर बालविवाह बिरुद्धको कार्यक्रम गरिदिएकोमा बिशेष धन्यबाद दिनु भयो। कार्यक्रमका सभापतीत्व गरिरहनु भएका यज्ञ दङ्गा...