काठमाण्डौको माइतीघर मा भएको प्रदर्शनीमा ुहभागीहरुलाइ प्रहरीले प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाण्डौको माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले सोधपुछका लागि पक्राउ गरेको हो । स्थानीय प्रशासनको अनुमतिविना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुठभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।पक्राउ परेका ७६ मध्ये ३६ जना महिला र ४० जना पुरुष रहेको बताइएको छ । सरकारसँग अनुमति नलिई धर्ना बस्न खोजेको र विभिन्न समूहको फरक फरक धर्नाले आपसमै मनमुटाव हुने अवस्था देखिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
