विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना इन्द्रावती गाउँपालिकाका विद्यालयहरूमा विद्यार्थीहरूको गुनासो सुन्न र समस्या समाधान गर्न ’गुनासो सुनुवाइ संयन्त्र’ निर्माण तथा लागु गर्न ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकको आयोजना तथा ईन्द्रावती गाउँपालिकाको समन्वयमा इन्द्रावती–५ स्थित श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा आयोजित एक विशेष बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकका संयोजक यज्ञ प्रसाद दंगालको अध्यक्षता, ईन्द्रावती गाउँपालिका उपाध्यक्ष सोभना तामाङ्गको प्रमुख आतिथ्यता, ईन्द्रावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख मीन वहादुर धामीको विशेष आतिथ्यता रहेको थियो भने ईन्द्रावती गाउँपालिकाका उद्यम विकास सहजकर्ता सपना नेपालीक...


