सम्पर्क

चौतारा स्पोर्टिङ क्लबका खेलाडीलाई नगरपालिकाको विदाइ

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट खेलमा सहभागी हुन चोैतारा स्पोर्टिङ क्लबको टोलिलाई चौतारा साँगाचोकगढी नगरपालिकामा बिजय प्राप्त गर्नका लागी अग्रमि बधाइ दिदै खेलाडीहरुलाइ खेलमा भाग लिन जाका लागी बिदाइ गर्नु भएको छ । सो अबशरमा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले “खेलले केवल पदक मात्रै दिन्न, यसले नगरको पहिचान र गौरव बोकेको हुन्छ । तपाईंहरूको अनुशासन, मेहनत र समुह भावनाले यो छनोटमा उत्कृष्ट प्रदर्शन हुनेछ भन्ने हामीलाई विश्वास छ । नगरपालिकाको तर्फबाट तपाईंहरूलाई आवश्यक सहयोग गर्न हामी सधैं तयार छौँ।” भन्नु हुँदै खेल जगतका बिकासका लागी नगरबाट हुन र गर्न सकिने सबै सहयोग गर्ने प्रतिबद्धता जनाउँनु भयो । यसै गरी नगर उपप्रमुख सीता थापाले खेलाडीहरूको मनोबल उत्साहित बनाउँदै “चौताराका युवा खेलाडीहरू राष्ट्रिय स्तरका प्रतिस्पर्धामा उभिनु आफैमा ठूलो गर्वको विषय हो । तपाईँहरूले खेलेर मात्र होइन, चरित्र, एकता र खेलभावनाले पनि नगरको परिचय उजिल्याउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ”भन्नु भयो।चौतारा स्पोर्टिङ क्लबका सचिव राकेश रानाले छनोट खेलका लागि २२ जना खेलाडी र ७ जना व्यवस्थापक गरी २९ जनाको टिम राजधानीतर्फ प्रस्थान गर्न लागेको जानकारी दिदै क्लबको पहिलो खेल मंगलबार बिहान ९ बजे धरान सिटी फुटबल क्लबसँग हुने निश्चित भएको छ । “हाम्रो सम्पूर्ण टोली अहिले मानसिक र शारीरिक रूपमा पूर्ण तयारीमा छ,” भन्नु भयो ।

oplus_2