सम्पादक रामचन्द्र खड्कालाई ‘विशेष नागरिक सम्मान–२०८२’ प्रदान
काठमाडौँ । सामाजिक रूपान्तरणका लागि नागरिक समाजले आफ्नो १९औँ वार्षिकोत्सव तथा पाँचौँ विशेष नागरिक अवार्ड समारोह–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख आकर्षणमध्ये पत्रकारिता क्षेत्रबाट निरन्तर सक्रिय रहँदै आएका युनिटी भ्वाइसका सम्पादक रामचन्द्र खड्कालाई प्रदान गरिएको विशेष नागरिक सम्मान–२०८२ रह्यो। सामाजिक उत्तरदायित्व, नागरिक सचेतना तथा वैचारिक रूपान्तरणमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्याउँदै आएका खड्कालाई संस्थाले विशेष व्यक्तित्वको रूपमा पहिचान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि माननीय उपसभामुख इन्दिरा रानामगर तथा नागरिक समाजका संस्थाका अध्यक्ष याम बहादुर जि.सी ,वरिष्ठ पदाधिकारीहरूले उनलाई दोसल्ला, सम्मानपत्र र अवार्ड हस्तान्तरण गर्दै उनको कामप्रति उच्च सम्मान व्यक्त गरेका थिए। खड्काले लामो समयदेखि समाजका मुद्दा, नागरिक अधिकार, सुशासन, शिक्षा र समुदायस्तरका चुनौत...






