सम्पर्क

बारबिसेका पुर्ब नगर प्रमुख निमफुन्जो द्धारा एमाले परित्याग

 

सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १का् बारबिसे नगरपालिकाका एमाले बाट निर्बाचीत पुर्ब नगर प्रमख निमफुन्जो शेर्पाले एमाले परित्याग गरेको घोषण गर्नु भएको छ । आफ्नो सामाजीक सञ्जाल मार्फत उँहाले यस्तो घोषणा गर्नु भएको हो । पार्टी चलाउने केही व्यक्तिहरूले जीवनभर बिर्सन नसकिने चोट दिएको भन्दैसामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै शेर्पाले नेकपा (एमाले) परित्यागको घोषणा गरेका हो । २०५३ सालमा लिएको संगठित सदस्यताको तस्बिर राखेर उहाँले पार्टी परित्यागको घोषणा गर्नु भयो । उहाँले २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष सहभागी भई २०४६ चैत २४ गते पक्राउ परेर २४ घण्टा हिरासतमा बसेको स्मृति अझै ताजा रहेको उल्लेख गर्दै त्यही संघर्षबाट पिपुल्स भोलेन्टियर हुँदै एमालेको राजनीतिक यात्रा सुरु गरेको बताउँनु भएको छ ।

उहाँले फेसबुक मार्फत यसरी आफ्नो भनाइ राख्नु भएको छ

आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू

तथा नेकपा एमालेका प्रिय कमरेडहरू,

गाती,मान्द्राको एउटा विकट गाउँमा जन्मिँदा म कुनै पार्टीको झण्डा, नारा वा राजनीति बुझ्ने अवस्थामा थिएनँ। तर जब चेतना आउन थाल्यो, जब समाज बुझ्न थालेँ, म आफूलाई नेकपा एमालेकै मान्छे पाएँ। थाहा पाउँदा म एमाले थिएँ, बाँच्दासम्म पनि एमाले नै रहन्छु होला जस्तो लागेको थियो ।आज उमेर झण्डै ६० को हाराहारीमा पुगेको छ। जीवनका सबैभन्दा उर्जाशील वर्षहरू मैले यस पार्टीलाई दिएँ। मैले पार्टीलाई धेरै दिएँ, पार्टीले पनि मलाई धेरै दियो। यो पार्टीप्रति मेरो मनमा न कुनै गुनासो छ, न आग्रह, न पूर्वाग्रह। तर दुःखको कुरा के हो भने, पार्टी चलाउने केही व्यक्तिहरूले मलाई जीवनभर बिर्सन नसकिने चोट दिएका छन्। उनीहरूले मेरो मनलाई यति गहिरो गरी भत्काए, जसको पीडा शब्दमा बयान गर्न गाह्रो छ।आज यो क्षणमा म मेरो स्वर्गीय दाइ ङिमपासाङ शेर्पालाई सम्झिरहेको छु। उहाँले मलाई बुबाआमाको माया मात्र होइन, राजनीतिक रूपमा एउटा पहिचान दिनुभयो। आज म जे छु, जहाँ छु, त्यो उहाँकै विश्वास र मार्गदर्शनको देन हो।२०४६ सालको राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा प्रत्यक्ष सहभागी हुँदा, २०४६ चैत २४ गते प्रहरीबाट पक्राउ परेर २४ घण्टा हिरासतमा बस्नुपरेको दिन आज पनि आँखाअगाडि ताजै छ। त्यही संघर्षबाट पिपुल्स भोलेन्टियर हुँदै मेरो नेकपा एमालेको राजनीतिक यात्रा सुरु भयो। त्यो यात्रा कहिल्यै सजिलो थिएन, तर म कहिल्यै पछि हटिनँ।बाह्रविसे, भोटेकोशी जस्ता क्षेत्रमा कुनै दिन एमालेका कार्यकर्ता गन्न सकिने अवस्थामा थिए। तर हामीले त्यही ठाउँमा स्थानीय तहको पहिलो निर्वाचन जित्यौं। म संस्थापक मेयर बनेँ र तपाईँहरू सबैको साथ र विश्वासले बाह्रविसेलाई एमालेको गढ बनायौं। त्यो मेरो व्यक्तिगत सफलता होइन, यो पार्टी र कार्यकर्ताको सामूहिक जित थियो।तर दुःखद सत्य के हो भने, पार्टीभित्रकै केही मान्छेहरूले बाह्रविसे र भोटेकोशी क्षेत्रमा एमाले बलियो भएको देख्न सकेनन्। उनीहरूले हामीलाई कमजोर बनाउन दुई वटा कमिटी बनाएर विभाजन गर्ने काम गरे। म सधैँ पार्टीका साथीहरूको दुःख–सुखमा उभिएँ, कार्यकर्ताको मनोबल बढाउन अग्रपङ्क्तिमा रहेँ। तर यसको बदलामा मलाई पुरस्कार स्वरूप कारबाही दिइयो।म मान्छे हुँ, मसँग पनि कमजोरी छन्,तर ती कमजोरीका नाममा मेरो योगदान, मेरो संघर्ष र मेरो क्षमतालाई पूर्ण रूपमा अस्वीकार गर्नु अन्याय हो भन्ने मेरो बुझाइ छ। जब पार्टीले ‘तेरो आवश्यकता छैन’ भन्ने सन्देश कारबाहीमार्फत दियो, त्यसपछि यहाँ बसिरहनु मेरो आत्माले स्वीकार गरेन। म मान्छे हुँ कमजोरी हुन सक्छ,तर त्यसको सजाय यति निर्मम हुनु पर्छ र? मेरो योगदान,मेरो क्षमताको कुनै मुल्य छैन भन्ने सन्देशले म भित्र भित्रै तड्पिरहे ।आत्माले बोलेपछि त्यहीँ टाँसिएर बस्न सकिनँ। त्यसैले आज, नेकपा एमालेले दिएको संगठित सदस्यता नम्बर ५२६३४ यही मितिबाट त्याग गरेको छु। यो कार्ड पहिलो पटक हातमा लिँदा जुन गर्व थियो, आज छोड्दा त्यही गर्व आँसु बनेर झरिरहेको छ। मन रोइरहेको छ, तर छोड्नुको विकल्प रहेन।हिजो नेकपा एमालेमा रहँदा यदि मैले जानेर वा नजानेर कसैको मन दुखाएको छु भने, म सबैसँग हृदयदेखि माफी चाहन्छु। हामी फेरि कुनै न कुनै भूमिकामा भेटिनेछौं, मन साटासाट हुने नै छ।आज कै मिति देखि म नेकपा एमाले पार्टी सहित सगठित सदस्य समेत परित्याग गर्देछु,पार्टी परित्याग गरे पनि मेरो जीवनमा बगेको संघर्ष, त्याग र सपनाको इतिहास कसैले मेटाउन सक्दैन भन्नु भएको छ ।