सम्पर्क

राजनिती

प्रतिनिधिसभा निर्वाचन: नेकपाबाट सिन्धुपाल्चोक क्षेत्र नं. १ मा सापकोटा, क्षेत्र नं. २ मा दुलाल सिफारिस

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले दुवै निर्वाचन क्षेत्रमा युवा नेतृत्वलाई अघि बढाउने निर्णय गरेको छ । पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट माधव सापकोटा र क्षेत्र नम्बर २ बाट युवराज दुलाललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस भएका माधव सापकोटा यसअघि पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका अनुभवी नेता हुनुहुन्छ । उहाँले संसदमा रहँदा जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको थियो । स्थानीय तहका समस्या, विकासका आवश्यकता तथा जनजीविकासँग जोडिएका सवालहरूलाई राष्ट्रिय बहसमा ल्याउने भूमिकामा उहाँ सक्रिय रहँदै आउनुभएको छ । यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बसेको जिल्ला समन्वय समितिको उम्मेदवार सिफारिस बैठकले युवराज दुलाललाई प्रत्यक्षतर्फ...
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा श्रम संस्कृती पार्टी कमिटी गठन

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा श्रम संस्कृती पार्टी कमिटी गठन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
 सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा श्रम संस्कृती पार्टीको गाउँपालिका कमिटी गठन गरिएको छ। पार्टीका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष आकाश गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले धनबहादुर नेपालको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रूपमा गठन गरेको हो। पुस ५ गते सम्पन्न उक्त भेलामा पार्टी संगठन विस्तार, श्रममैत्री राजनीति र जनमुखी अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने विषयमा व्यापक छलफल गरिएको थियो। भेलापछि उपस्थित पार्टी नेता–कार्यकर्ता तथा सहभागीहरूले स्थानीय बजार क्षेत्रमा श्रम अभियान समेत सञ्चालन गरेका छन्। भेलामा सहभागीहरू धरानका मेयर हर्क साम्पाङको नाम र सन्देश अंकित टिसर्ट लगाएर स्थानीय बजारमा सरसफाई अभियानमा सहभागी भएका थिए। श्रम संस्कृतिको अभ्यास आफैंबाट सुरु गर्ने उद्देश्यले गरिएको उक्त सरसफाई अभियानले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएक...

‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ६ पुसः जेनजी आन्दोलनको बलमा स्थापित वर्तमान सरकारले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमा सम्पन्न गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सरकारको आधारभूत प्राथमिकताको सूचीमा रहेकाले निर्वाचनको वातावरण बनाउने कार्यमा सरकार सबै निकायले काम गरिरहेका छन् । निर्वाचन आयोग, राजनीतिक दल र सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारीलाई त्यसतर्फ उन्मुख गराएका उनीहरूका गतिविधिबाट थाहा हुन्छ । यसबीचमा राजनीतिक दलबाट निर्वाचनका लागि दल दर्ता गर्ने कार्य पूरा भइसकेको छ भने सरकारका तर्फबाट एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ । त्यसक्रममा ११४ वटा राजनीतिक दलले चुनावमा भाग लिने सुनिश्चित भइसकेको छ । प्रमुख राजनीतिक दलका साथै यसरी आयोगमा दर्ता भएका सबैजसो राजनीतिक दलले विभिन्न माध्यमबाट आफूलाई निर्वाचनमा केन्द्रित गरिरहेको बताउने गरेका छ...
मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती

मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौं, पुस ६ गते । विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक परिवेशमा केन्द्रित रहेर विचार मन्थन कार्यक्रम आयोजना गरेको छ । परिवर्तनशील समयमा मधेश भन्ने शीर्षकमा आयोजना गरिएको विचार मन्थन कार्यक्रममा बोल्दै जनमत पार्र्टीका अध्यक्ष डा. सिके राउतले जेनजी आन्दोलनपछि मधेश कहाँ छ भनी आफूहरुले खोजिरहेको बताउनुभयो । डा. राउतले जेनजी आन्दोलनपछि आफू र आफ्नो पार्टीका सांसदले राजीनामा दिएको, तर पछि संघीयता र संसदीय व्यवस्थामाथि नै प्रहार हुन थालेको आफूले पाएको बताउनुभयो । जेनजी आन्दोलनपछि आफूले मधेश खोज्न थालेपछि एक शीर्ष जेनजी नेताले आफूलाई धम्की दिएको उहाँले बताउनुभयो । मधेश आन्दोलन त्यतिकै भएको होइन, मधेशले पहिचान त्यतिकै पाएको होइन, त्यसका लागि धेरैले बलिदानी दिएको राउतले बताउनुभयो । मधेश आन्दोलन...

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ५ पुस : हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।...
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक

विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना इन्द्रावती गाउँपालिकाका विद्यालयहरूमा विद्यार्थीहरूको गुनासो सुन्न र समस्या समाधान गर्न ’गुनासो सुनुवाइ संयन्त्र’ निर्माण तथा लागु गर्न ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकको आयोजना तथा ईन्द्रावती गाउँपालिकाको समन्वयमा इन्द्रावती–५ स्थित श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा आयोजित एक विशेष बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकका संयोजक यज्ञ प्रसाद दंगालको अध्यक्षता, ईन्द्रावती गाउँपालिका उपाध्यक्ष सोभना तामाङ्गको प्रमुख आतिथ्यता, ईन्द्रावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख मीन वहादुर धामीको विशेष आतिथ्यता रहेको थियो भने ईन्द्रावती गाउँपालिकाका उद्यम विकास सहजकर्ता सपना नेपालीक...

इर्खु माबीको ६६औ बार्षिकोत्सवे अभिभावक भेला भब्यताका साथ सम्पन्न

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
चौतारासाँगाचोकगढी नगरपालिका ८मा रहेको श्री इर्खु माध्यमिक बिद्यालयको ६६औ बार्षिकोत्सव तथा २६औ अभिभावक भेला चैतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा तथा चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८का अध्यक्ष अमृत दङ्गालको बिशेष अतिथ्यतामा सम्पन्न भएको छ ।                कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख सापकोटाले शिक्षा सिकाइमा भवन ,शिक्षक मात्र राम्रो भएर हुँदैन बिद्यालयमा सिकाइ गर्ने बिद्यार्थी पनी पर्याप्त हुन पर्छ र सिकाइ पनी उपलब्धी मुलक हुन पर्छ अनी मात्र भवन र राम्रा शिक्षकको मुल्याङ्कन गर्न सकिन्छ भन्नु भएको छ। उँहाले राजनिती बिचारको आधारमा होइन हरेक उत्पादन मुलक र उपलब्धीमुलक काम गर्ने हरु सँग आफुले हातेमालो गरेर काम गर्ने गरेको स्पष्ट पार्दै वडा नं ८का अध्यक्ष अमृत दङ्गालले उत्पादनमुलक काममा लगानी गर्न सहयोग गर्नु भएकोले उँहाले सिफारिस गरेका योजनाह...

सिन्धुपाल्चोक जिल्लाको आठौँ जिल्ला सभा सम्पन्न

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
मंसीर २५गते     सिन्धुपाल्चोक जिल्लाको आठौँ जिल्ला सभा आज सम्पन्न भएको छ। जिल्ला समन्वय समिति प्रमुख तथा सभाध्यक्ष श्री बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभामा जिल्लाका सबै नगरपालिकाका प्रमुख÷उपप्रमुख , गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष , जिसस का सदस्य, प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति प्रतिवेदन, मौज्दात कोषको अवस्था, आ.व. २०८२÷८३ का नीति तथा कार्यक्रम, बजेट विनियोजन तथा स्थानीय तहबीचका समन्वयगत विषयहरूबारे विस्तृत छलफल गरिएको थियो । जिससका उपप्रमुख पदमनाथ नेपालले सभामा सहभागी स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको बीचमा आ.व. २०८१÷८२ मा सम्पन्न गतिविधि र प्राप्त उपलब्धिहरू समेटिएको प्रगति प्रतिवेदन सहित आ.व २०८२÷८३ को लागी नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको थियो । सोही आर्थिक वर्षमा ...

मेलम्चीमा महिला सञ्जाल गठन

जिबनशैली, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज अन्तिम दिन नगरस्तरीय महिला सञ्जाल गठन गरिएको छ । सञ्चमाया तामाङको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो । नगर उप प्रमुख उमा प्रधानले लैङ्गिक हिंसा रोकथाम, पीडित सहयोग र सशक्तिकरणका उपायहरूबारे जानकारी दिदै नवगठित सञ्जालले नगरभर लैङ्गिक हिंसा न्यूनीकरणका लागि समन्वय गर्नु पर्ने बताउनुभयो । साथै उहाले मेलम्ची नगरपालिकाले आगामी दिनमा सञ्जाललाई आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष सञ्चमाया तामाङ, सचिव चण्डिका नेपाली, कोषाध्यक्ष गोमा ढकाल, सदस्यहरु अपेक्षा ढकाल, सुनिता तामाङ, सरिता चाैलागाई, कल्पाना रोक्का, सम्झना गिरी, सरिता चालिसे, तोकमाया तामाङ, लक्ष्मी अर्याल, गंगा चुवान, रेनुका पुरी, कल्पना पहरि लगाएतको १७ सदस्यीय समिति गठन गरिएको हो । कार्यक्रममा मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिक...

नगर अपाङ्गता सम्मन्वयको प्रतियोगिता सँगै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगर अपाङ्गता समन्वय समितिमार्फत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरेको छ । नगर अपाङ्गता समन्वय समितिमार्फत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विशेष कार्यक्रम प्रभातफेरी र संदेशमूलक लोकगीत प्रतियोगिता सहित सम्पन्न भएको हो । नगरपालिकाको आर्थीक सहयोगमा आयोजित प्रतियोगितामा सहभागी १४ समूहले भाग लिएको सचिब बिनोद श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार प्रतिश्पर्धीहरूमध्ये रामदेवी माध्यमिक विद्यालयका महिला शिक्षक समूहले उत्कृष्ट प्रस्तुती दिदै प्रथम स्थान हात पार्न सफल भएका थिए भने दयाका हातहरू समूह दोस्रो र अपाङ्गता समावेशी समूह तेस्रो भए । त्यसै गरि आहालडाँडा महिला समूह र सिद्धिगणेश महिला समूहलाई सान्त्वना प्रदान गरियो । विजयी समूहहरूले क्रमशः १५ हजार, १० हजार, ७ हजार ५ सय त...