सम्पर्क

नेपाली काँगे्रस चौताराको अन्तरक्रिया

सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकाको नेपाली काँग्रेस नगर कार्यसमितीले शुक्रबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ । नगर सभापती इन्द्रलोचन धितालको सभापतित्वमा भएको अन्तरक्रियामा वडा नं १देखी १४ सम्मका प्रतिनिधीहरुले आआफ्नो धारण राखेका थिए । धाराणा राख्ने क्रममा नेपाली काँग्रेसको अबस्था बदलीएर पहीलो हुने बताएका थिए । यस अघी नगरमा तेश्रो स्थानमा रहेको कागै्सलाइ यस पटक पहीलो स्थानमा ल्याउँन सबै जना लागी पर्नु पर्ने नगर सभापती धितालले बताउँनु भयो । नेपाली काग्रेसका पुर्ब सभापती श्याम बहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधी बिल बहादुर तामाङ नेपाली काँग्रेस जिल्ला उपसभापती टङ्क बहादुर कार्की प्रदेस सभापती केशबराज गिरी, कोषाध्यक्ष भुपेन्द्र थापा २न. क्षेत्रका उम्मेद्धार बंशलाल तामाङ जिल्ला किसान संघका उपाध्यक्ष रहर बहादुर तामाङ वडाअध्यक्षहरु वडा नं ७का डम्बर बहादुर तामागं वडा न ८का अमृत दङ्गाल र ९का बिमल श्रेष्ठ लगाएत १४वटै वडाका पदात्रिकारीहरुको उपस्थिती रहेको नेपाली काँगे्रस १४ नं वडा इकाइका चुनाब प्रचार प्रसार समितीका संयोजक चतुर बहादुर तामाङले जानकारी दिनु भयो । कार्यक्रममा आफ्नो भनाइ राख्दै सहभागिहरुले यस पटकको उम्मेद्धार बंसलाल होइन हामी सबै हो भन्थानेर मत माग्न जाने प्रतिबद्धता ब्यक्त गरेका छन । नेपाली काँगे्रस क्षेत्र नं २का कांग्रेस उम्मेदवार बंशलाल तामाङले “विगतमा थुप्रै प्रतिनिधि जितायौँ तर सही व्यक्ति छान्न सकेनौँ, त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को अवस्था आयो,” भन्दै “प्रकृति बलवान् हुन्छ, प्रकृतिको विरोधमा गरिएको काम विस्फोट भएर निस्कियो।” भन्नु भयो । उँहाले कम्युनिस्टहरूले चुनाव जितेर पनि अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै कांग्रेस ठूलो पार्टीका रूपमा स्थापित हुन पर्छ त्यसका लागी सबै साथीहरुले म म भनेर लाग्न पर्छ भन्नु भयो । उँहाले नेपाली काँग्रेसका सबै साथीहरुको सल्लाह बमोजीम नै आफुले उम्मेदवार दिएको हुँदा सबै साथीहरु लागी परेर आफुलाइ जिताउँनेमा आफु ढुक्क रहेको बताउँनु भयो ।