सम्पर्क

शारदा माबी ले पायो राष्ट्रपति रनिङ शिल्ड

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड यस बर्ष शारदा माध्यमिक बिद्यालय ले हात पार्न सफल भएको छ । नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा शारदा मा बि ले २६ स्वर्ण १८ रजत र ५ कास्य गरी जम्मा ४९ वटा पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । १४थते देखी १६गते सम्म तिन दिन सञ्चालन भएको प्रतियोगीतामा शारदा माबी प्रथम भए सँगै यस अघी लगातार तिन पटक सम्म पहीलो भएको क्षेमादेबी माध्यमिक बिद्यालय दोश्रो स्थामा बसेको छ । क्षेमा देबी माबीले ८ स्वर्ण १४ रजत र १६ कास्य गरी जम्मा ३८ वटा पदक प्राप्त गरेको थियो । यसै गरी बच्छलादेबी माबीले ७स्वर्ण १ रजत र ४ कास्य गरी जम्मा १२ वटा पदक प्राप्त गरेर तेश्रो स्थान हात पारेको छ ।प्रथम दोश्रो तेश्रो हुनेलाइ नगरपालिका बाट नगदपुरस्कार सहीत शिल्ड प्रदान गरिएको थियो । लगातार चौथो पाँचौ र छैठौ पटक समेत प्रथम स्थान हात पारेको क्षमादेबी माबीले भने यस पटक दोश्रो स्थानमा चित्त बुझाउँन परेको छ । कार्यक्रममा पुरस्कार बितरण गर्दै नगर प्रमुख बालकृष्ण बस्नेतले शिक्षा र स्वास्थ्य एक आपसमा नङ र मासुको जस्तै सम्बन्ध रहने भएकाले शिक्षा र स्वास्थ्य बिकासलाइ आफुले पहीलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भयो । उँहाले शिक्षा बकिासका लागी बिद्यालय जान र स्वास्थ्यका लागी खेल खेल्न पर्छ भन्नु हुँदै खेलले स्वास्थ्यमा मात्र राम्रो हुने होइन खेल खेल्ने मानीसहरु सबै अनुशासित हुने भएकाले मानवीय व्यवहारमा पनी सहयोग पुगेको बताउँनु भयो । बस्नेतले खेल खेल्ने खेलाडीहरुले हरेक काममा अनुशासीत हुने र यो सँगै स्वस्थ पनी हुने भएकाले पनी खेल जगतको बिकास गर्न जरुरी रहेको बताउँनु भयो । उँहाले नेपाली काँग्रेसका प्रभावशाली नेता पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले बाह्र्बिसे नगरपालिकालाइ १२ कक्षा सम्म निशुल्क शिक्षा दिन र यँहाका नागरिकलाइ स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउँनका लागी आफुलाइ दिएको निर्देशन अनुसार नेपाली काग्रेसको तर्फ बाट नगर प्रमुखमा निर्बाचन लडेर निर्बाचित भएपछी १२ कक्षा सम्म निशुल्क गरेको बताउँनु भयो । कार्यक्रममा बिशेष अतिथी नगर उप प्रमुख मन्जु तामाङले बर्तमान कार्यपालिकाका सबै पदाधिकारी हरुले एकमत भएर शिक्षा तथा स्वास्थ्य क्षेत्रको बिकासका लागी काम गरिरहेकाले पनी बाह्र्बिसे नगरपालिकाका नगर बासीहरुलाइ धेरै सहज भएको बताउँनु भयो । नगर पालिका सामाजीक बिकास समितीका संयोजक वडाअध्यक्ष शेखर बहादुर भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणीज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले बिेजेताहरुलाइ थप रु५०००का दरले प्रोत्साहन पुरस्कारको व्यवस्थागर्नु भएको नगर पालीकाका शिक्षा अधिकृत रोहीत भट्टले जानकारी दिनु भयो ।