सम्पर्क

साँगाचोककोघटना प्रअ गिरी द्धारा भ्रममा नपर्न आग्रह महीलाअधिकारकर्मीहरुद्धारा कार्बहीको माग

सिन्धुपाल्चोक । अनावश्यक, अतिरञ्जित र तथ्यहिन प्रचारका कारण आफूमाथि आक्रमण भएको जनाउँदै जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक धुर्वराज गिरीले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीप्रति गम्भीर आपत्ति जनाउँनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१२, साँगाचोकमा अवस्थित जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरीले फेसबुक लाइभमार्फत तथ्य पुष्टि नगरी आरोप लगाउँदा समुदाय उत्तेजित बनेको र त्यसकै परिणामस्वरूप आफू आक्रमणको सिकार हुन पुगेको बताउँनु भयो ।प्रधानाध्यापक गिरीका अनुसार सामान्य सामाजिक र पत्रकार आचारसंहिताको समेत ख्याल नगरी फेसबुक लाइभमार्फत आफूलाई दोषीझैँ प्रस्तुत गरेर भ्रम फैलाएको बताउँनु भयो । यसले विद्यालय प्रशासनमाथि अनावश्यक दबाब सिर्जना हुनुका साथै भिडलाई भड्काउने काम भएको उँहाले बताउँनु भएको छ उँहाले आफ्नै फेसबुक मार्फत । माघ १२ गते विद्यालय समय सकिएपछि बालिका पसलमा सामान किन्न जाँदा अभद्र व्यवहार गरेको सूचना सोही दिन साँझ करिब ८ बजे अभिभावकबाट आफूलाई प्राप्त भएको बताउँनु भएको छ । फेसबुक मार्फत आफ्नो भनाइ राख्दै गिरीले माघ १३ गते उक्त विषयमा छलफल गर्न अभिभावक विद्यालयमा आउँदा आफूले आरोपित शिक्षकविरुद्ध कानुनी कारबाहीमा जान स्पष्ट सुझाव दिएको बताउँनु भएको छ । उँहाका अनुसार माघ १५ गते प्रहरी कार्यालयमा भएको छलफलका क्रममा पीडित बालिकाका अभिभावकले समेत यो कुरा स्वीकार गरेका थिए ।तर कानुनी प्रक्रियामा जाँदा छोरीको इज्जतमा असर पर्न सक्ने भन्दै अभिभावकबाटै मिश्रित प्रतिक्रिया आएको बताउँनु भएको छ
उँहाले माघ १४ गते सोही विषयलाई लिएर करिब २५ जनाको समूह विद्यालयमा आएर आरोपित शिक्षकलाई तत्काल बर्खास्त वा सरुवा गर्न माग राखेको थियो । तर शिक्षकको बर्खास्ती वा सरुवाको निर्णय विद्यालयको अधिकार क्षेत्रभित्र नपर्ने स्पष्ट पार्दै आफूले कानुनी बाटो रोज्नुपर्ने कुरा दोहो¥याएको बताउँनु हुँदै साँगाचोक प्रहरी चौकीमा उजुरी परेपछि प्रहरीले आरोपित शिक्षक जितराज गिरीलाई घरबाटै नियन्त्रणमा लिएको थियो।सोही दिन विद्यालयमा स्टाफ बैठक बसेर घटनाको सत्यतथ्य छानबिनमा सहयोग गर्ने निर्णय गरिएको र बैठकपछि घर फर्कने क्रममा दिउँसो करिब साढे ३ बजे भिडले आफ्नो गाडी रोकेर सुरज खड्काको फेसबुक पेजमार्फत “विद्यालय प्रशासनले घटना ढाकछोप गरेको” र “प्रअले पीडित परिवारलाई सहमतिका लागि दबाब दिएको” भन्ने तथ्यहिन आरोप फैलाइएपछि समुदाय उत्तेजित बनेको थियो। त्यही उत्तेजित भिडले आफूलाई आक्रमण गरेको बताउँनु भयो ।प्रहरी चौकीबाट घर फर्कँदा समेत सामाजिक सञ्जालमा भ्रामक र उत्तेजक समाचार नरोकिएको भन्दै प्रधानाध्यापक गिरीले खेद व्यक्त गर्नु भएको छ । उँहाले बालिकामाथि भएको यौनजन्य हिंसा गम्भीर फौजदारी अपराध भएको स्पष्ट पार्दै कानुनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने पक्षमा आफू दृढ रहेको बताउँनु भयो ।सामाजिक सञ्जालको दुरुपयोग गर्दै पुष्टि नभएका आरोप फैलाउँदा निर्दोष व्यक्ति मात्र होइन, समग्र समाजमा द्वन्द्व, अविश्वास र हिंसा फैलिने खतरा रहने भन्दै उनले जिम्मेवार ढंगले सत्य–तथ्यका आधारमा मात्र सूचना प्रवाह गर्न सबैमा आग्रह गर्नु भयो ।यस सम्बन्धमा पिडितको जाहेरकिो आधारमा घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा कानुनी प्रक्रिया अघि बढाइएको र बालिकाको गोपनीयता तथा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएको छ । अनुसन्धान प्रभावित हुने खालका भ्रामक प्रचारप्रति प्रहरी पनि सचेत रहेको जनाएको छ ।नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पुर्व सभापति बरिष्ठ पत्रकार ऋषिराम पौडेलले विशेषगरी बालबालिकासँग सम्बन्धित संवेदनशील घटनामा तथ्य पुष्टि नगरी सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप फैलाउँदा पीडित, निर्दोष व्यक्ति र समाजमै नकारात्मक असर पर्ने बताउँनुभएको छ । यस्ता घटनामा कानुनी निकायलाई काम गर्न दिने र मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आचारसंहिता पालना गर्नुपर्नेमा उहाँको भनाइ रहेको छ । यस सम्बन्धमा नेपाल पत्रकार महासघं जिल्ला शाखाले पनी बिज्ञेप्ती निकालेर आचार सर्हींता पालना गर्न अनुरोध गरेको छ । यता महीला रक्षकहरुकोजिल्ला सञ्जाल सिन्धुपाल्चोकले निस्पक्ष छानबिन गरी दोषीलाइ कार्बाही गर्न समेत माग गरेको छ । सञ्जालका अध्यक्ष बालकुमारी सापकोटाद्धारा हस्ताक्षरित बिज्ञेप्तीमा घटनाको दोषीलाइ कानुनी कार्बहीको माग गरिएको छ । यसै गरी नाबालिका बालिकामाथि बलात्कार प्रयास गरिएको घटनाप्रति अखिल नेपाल महिला संघ, जिल्ला कमिटी सिन्धुपाल्चोकले गम्भीर ध्यानाकर्षण गराउँदै कडा निन्दा तथा भत्र्सना गरेको छ।