सम्पर्क

राष्ट्रको अस्तित्व गम्भीर संकटमा जानबाट रोक्न मेरो उमेदवारीहो ःसमिरश्रेष्ठ

नेकपा (माओवादी )का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार समिर श्रेष्ठले संसदमा देशभक्त प्रतिनिधिहरुको प्रतिनिधित्व भएन भने राष्ट्रको अस्तित्व गम्भीर संकटमा जान सक्ने बताउँनु भएको छ ।उँहाले आफ्नो निर्बाचन क्षेत्रमा कार्यकर्ता भेटघाटका अबशरमा यस्तो बताउँनु भएको हो ।उँहाले देशमा भएको जेनजी आन्दोलनको भावना अनुरुप सरकार निर्माण नभएको बताउँदै संसदमा पनि सोहीअनुरुप प्रतिनिधित्व भयो भने देशको सार्वभौमसत्ता खतरामा पर्ने भएकाले नेकपा (माओवादी) यसपटकको चुनावलाई उपयोग गर्न का लागी देशभर आफ्ना प्रतिनिधि खडा गरेर उमेदवारी दिएको बताउँनु भयो । श्रेष्ठले ’पार्टीको निर्णय अनुसार देशैभरीबाट इमानदार , देशभक्त प्रतिनिधिहरुको संसदमा प्रतिनिधित्व भएन भने राष्ट्रको अस्तित्व गम्भीर संकटमा जाने बताउदै नेपालको नाम भजेर बिदेसी शक्तीका आडमा लागेकाहरुले जसरीपनि चुनाव जितेर वैधानिक ढंगले संसदबाट देश बेच्ने षड्यन्त्र गरिरहेका छन्, यो षड्यन्त्र रोक्न पनी आफ्नो पार्टीले चुनावमा जाने निर्णय गरेको बताउँनु भयो ।’ अग्राधिकार सहितको समाजवादी संघीयता, पूर्ण समानुपातिक प्रतिनिधिसभा, कर्मचारी प्रशासन, अदालत, सुरक्षा, आर्थिक क्षेत्र सबैमा समानुपातिक सहभागिता, नयाँ भूमि व्यवस्था, शिक्षा, रोजगारी, स्वास्थ्यको सुनिश्चितता जस्ता व्यवस्थाले नेपाल वास्तवमै एकीकृत र स्वाधीन बनाउने प्रस्तावसहित नेकपा (माओवादी) चुनावमा होमिएको बताउँनु भयो । प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले पार्टीले निरन्तर भ्रष्टाचार , एमसीसी , जनघात , राष्ट्रघात , करछली , मानवतस्करका विरुद्ध र समाजवादको पक्षमा संघर्ष गरेकाले जनताले पार्टीलाई जिताउने विश्वास व्यक्त गर्नु भयो ।साथै उम्मेदवार श्रेष्ठले जनताले नयाँ विकल्प खोजेकाले आफ्नो पार्टी वास्तविक नयाँ भएको समेत जिकिर गर्नु भयो ् ।विप्लव नेतृत्वको नेकपा (माओवादी)ले पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएर गुलावको फूल चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको बताउँनु हुँदै आफु छ जनताबाटै उठेका, जनतामै बाँचेका उम्मेदवार रुपमा रहेको र कुनै धनाढ्य, ठेकेदार वा सत्ताको छायाँमा हुर्किएको पात्र नभएको र श्रमजीवी वर्गको जीवन बुझेका, युवाको भविष्य र जिल्लाको आवश्यकता बुझेका इमानदार नेतृत्व को रुपमा प्रस्तुत भएको बताउँनु हुँने समीर श्रेष्ठ ले विप्लव नेतृत्वको नेकपा (माओवादी) राष्ट्रघाती सम्झौताविरुद्ध दृढ अडान लिने शक्ति हो। एमसिसी, साम्राज्यवादी हस्तक्षेप र दलाल पूँजीवादका विरुद्ध स्पष्ट नीति र व्यवहार भएको पार्टी यही हो। सिन्धुपाल्चोक जस्तो संवेदनशील जिल्लामा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने प्रतिनिधि अनिवार्य छ। सिन्धुपाल्चोक विकास होइन, लुटको प्रयोगशाला बनाइयोजलविद्युत्, सडक, खानी र पुनर्निर्माणका नाममा बिचौलियाको खेल भयो, तर जनता फेरि पनि पीडित भए मेरो जित भनेको जिल्लाको स्रोत जिल्लावासीकै हितमा प्रयोग गर्ने संघर्षको सुरुवात हो भन्नु भयो । उँहाले यो चुनाव व्यक्ति मात्र होइन, दिशाको चुनाव होपुरानै अनुहार, पुरानै झूट र धोका रोज्ने कि—नयाँ विचार, इमानदार राजनीति र वैकल्पिक मार्ग रोज्ने ? समीर श्रेष्ठलाई जिताउनु भनेको सिन्धुपाल्चोकलाई परिवर्तनको यात्रामा अघि बढाउनु हो भन्नु भयो । समिर श्रेष्ठ शिक्षा क्षेत्रमा त्रिभुवन विश्वविद्यालयमा पीएचडी स्कलर गरिरहनु भएको छ ।