पुर्ब मन्त्री नेपाली काँगे्रसका प्रभावशाली नेता मोहन बहादुर बस्नेतले ब्यक्ती यो उ भन्ने होइन नेपाली काँग्रेसलाइ जिताउँन लागी पर्न सबैलाइ अनुरोध गर्नु भएको छ ।
उँहाले आजै देखी अहीले देखी आआफ्नो वडामा गएर सके सम्म अरुको पाटीका भन्दा दोब्बर नसके अरुको भन्दा धेरै मत रुखमा ल्याउँन लागी पर्न सबै काग्रेसका कार्यकर्ताहरुलाइ अनुरोध गर्नु भएको छ । उँहाले नेपाली काग्रेस मेलम्ची नगरकार्य समिती द्धारा काठमाण्डौमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमको उद्धघाटन गर्दे यस्तो बताउँनु भएको हो । बस्नेतले अहीले यो मान्छै त्यो मान्छे भन्ने होइन ब्यक्तीको कुरा होइन काग्रेसले चुनाब जित्नु पर्छ नत्र नेपाली हो होइन भन्ने बातबरण हुने छैन त्यसैले नेपाली कागे्रसको नेतृत्वमा सरकार बन्न सकेन भएन राष्ट सरक्षण हुन सक्तैन भन्नु भयो ।
उँहाले जेनजी आन्दोल हाइजक भएको जेनजीहरुले नै बताइ रहेको अबस्थामा सरकारले निर्बाचनको तैयारी गरे पनी निर्बचनको बातारबरणलाइ तिब्र रुपले अगाडी लान सकेको छैन भन्नु हुँदै निर्बाचनको बाताबरण तैयार गर्नका लागी हामी काग्रेसहरु नै लागी पर्नु पर्ने देखीन्छ त्यसैले काँग्रेसका कार्यकर्ता हामी सबैले आआफ्नो वडामा रुखको मत बढाउँन लाग्न पर्ने बेला भएको बताउँनु भयो । उँहाले सिन्धुपाल्चोक जिल्लामा काँग्रेस नै छैन भन्नेहरुलाइ पनी हामीले जिल्लामा पहीलो पाटीको रुपमा स्थापित गर्न सफल हुँदै सम्मन्वय प्रमुख समेत बनाउँन सफल भएका छौ । यसो हुनुमा काँग्रेसले जनताका पक्षमा काम गरेरको मुख्य कारण रहेको बताउँनु भयो । उँहाले नेपाली काँग्रेसले सिन्धुपाल्चोक जिल्लामा २९बर्षका युवा र महीलालाइ प्रदेस सभामा निर्बाचन जिताएर पठाएको हो मन्त्री बन्ने अबशर पायो काग्रेसले सबैलाइ समानता गरेको बताउँनु भयो । अफटेरो पर्दा सरकारले गर्न नसकेको काम नेपाली काग्रेस सिन्धुपाल्चोकले गरेको बताउँनु भयो । कोदारी राजमार्ग भताभुङ्ग थियो बेलीब्जि थिएन यसलाइ बनाउँन सरकारले गर्न सकेन तर नेपाली काग्रेस सिन्धुपाल्चोकले गरेको छ । जब सम्म जनताको दुखमा साथ दिनसकीदैन तव सम्म राजनिती गर्नु पर्देन नेता भनेको जनताका द्खमा साथ दिन पर्छ अनी मात्र सरकारको अनुभुती हुने बताउँदै जनताका समस्या खानेपानी,स्वास्थ्य, शिक्षामा जनताले चाहेको माग पुरा गर्नु नै मुख्य कुरा भएको छ ।
मेलम्चीमा तत्कालीन प्रधान मन्त्री केपी शर्माले पिडीतलाइ पचासहजारका दरले राहात दिने भनेर भनेको तर नदीएको कारण नेपाली काँगे्सले घरघरमा गएर उक्त रकम दिएको स्मरण गराउँदे कोरोना भाइरसका कारण देस सङ्कटमा पर्दा सरकारले गर्न नसकेको काम काग्रेसले गरेको बताउँनु भयो ।
उँहाले यो उ ब्यक्ती भन्ने होइन नेपाली काँग्रेसलाइ जिताउँन सबै लाग्न सबैलाइ आजै देखी जनताका घरघरमा गएर काँग्रेसको पक्षमा जनलहर ल्याउँन अनुरोध गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रेमध्वज लामा नेता कृष्ण कुमार तामाङ, उमेदवार बंशलाला तामाङले नेपाली काँग्रेसको पक्षमा मतदान गरेर काँग्रेसलाइ नजीताए राष्ट समेत खतारामा पुगने र जनताका दुख सुखमा साथ दिने एक मात्र पाटी नेपाली काँग्रेस भएको बताउँनु भएको नेपाली काँग्रेसका नेता दिनेश चौलागाइले जानकारी दिनु भयो ।
फोटो दिनेस चौलागाइ बाट
