सम्पर्क

राजनिती

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा बस्नेतको समूहबाट डा. प्रेमध्वज लामाको उम्मेदवारी

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका जिल्लाहरुमा अधिवेशन धमाधम भइरहेको छ । त्यसमध्ये बाँकी रहेको जिल्ला सिन्धुपाल्चोकमा आगामी फागुन २७ र २८ गते अधिवेशन हुँदैछ । सो क्रममा सिन्धुपाल्चोकको जिल्ला सभापतिका लागि डा. प्रेमध्वज लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा आउनुभएका लामाको संस्थापनबाट उम्मेदवारी दिन लाग्नुभएको हो । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँलगायत नेताहरु डा. लामाको पक्षमा देखिएका छन् । २०२६ माघ २६ मा जन्मिनुभएका लामा २०४३ सालदेखि नै नेविसंघको सदस्यता लिनुभएको थियो । २०४६ को जनआन्दोलनमा सक्रिय सहभागी हुनुभएको उहाँ २०४७ मा नेविसंघको स...

सिन्धुपाल्चोकमा वंश दाई जित्नुहुन्छ, उहाँले मात्र जिल्ला हाँक्न सक्नुहुन्छ ः गगन थापा

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतीमा वंशलाल तामाङको सानदार बिजय हुने बताउनुभएको छ । सिन्धुपाल्चोक जिल्ला हांक्न सक्ने एक मात्र उमेदवार वंशलाल तामाङ भएको थापाले बताउनुभयो । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित, नेपाली कांग्रेस १४औं जिल्ला अधिवेशन, सुदृढ संगठन गतिशील नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताउनुभएको हो । ’वंशलाल दाइको बिजयले समग्र सिन्धुपाल्चोक लाई स्थानिय चुनावमा नेपाली कांग्रेस लाई बिजय गराउन सफल हुने बताउँदै महामन्त्री थापाले तामाङको नेतृत्व बिजय भएको खण्डमा मात्रै स्थानिय चुनावमा कांग्रेस पहिलो हुने धारणा राख्नुभयो । महामन्त्री थापाले वैशाख ३० मा हुने निर्वाचनमा नेपाली कांग्रेससँग हार्न एमाले तयार भए हुने समेत बताउनुभयो । वैशाख ३० गते घोषणा गरिएको न...

एमाले छाड्नुभएका गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश गर्दै

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमाले परित्याग गर्नुभएका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ । क्षेत्रीसहित उहाँका भाइ व्यावसायी कृष्ण क्षेत्री पनि आज कांग्रेस प्रवेश गर्न लाग्नुभएको हो । एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै क्षेत्रीले चौतारामा पत्रकार सम्मेलन गर्दै केही समयअघि नेकपा एमाले छाडेको घोषणा गर्नुभएको थियो । क्षेत्री एमाले जिल्ला अध्यक्षका दाबेदार हुनुहुन्थ्यो । जिल्ला अध्यक्षमा यसअघिका सचिव कमल नेपाल चुनिएपछि क्षेत्रीले एमाले छाड्ने घोषणा गर्नुभएको हो । लामो समयदेखि एमालेका विभिन्न कमिटीमा रहेर काम गर्नुभएका क्षेत्री २०७४ सालको निर्वाचनमा बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । सिन्धुपाल्चोकका अर्का नेता सुवास कर्माचार्य पनि एमाले केन्द्रीय सदस्य हुन नपाएपछि नेकपा एसमा लाग्नुभएको छ ।...

नेकपा (एकिकृत समाजबादी ) बलेफीको अध्यक्षमा थापा

राजनिती
नेकपा (एकिकृत समाजबादी ) बलेफी गाउंपालिकाको अध्यक्षमा डि. बि. थापा निर्विरोध निर्वाचित हुनुभएको छ । नेकपा (एकिकृत समाजबादी ) पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्ब प्रधान मन्त्री माधब कुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्य समिती समेत निर्माण गरेको छ । त्यसैगरी युवा संघमा बिनोद तामाडको अध्यक्षतामा ३५ सदस्यीय कमिटि तथा अनेम संघ कमरेड छत्र कुमारी नेपालको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन भएको छ । भेलालाई सम्बोधन गर्दै केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दावी समेत गर्नुभयो ।...

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा दोर्जे लामाले पनि उम्मेदवारी दिने

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसकोे सिन्धुपाल्चोकको सभापतिमा नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्षसमेत रहनुभएका दोर्जे लामाले पनी उम्मेदवारी दिने बताउनुभएको छ । लामा सिन्धुपाल्चोक जिल्लामा राजनीतिका साथै सामाजिक कार्यमा समेत क्रियाशिल हुनुहुन्छ । लामा तरूण दललाई जिल्लामा उत्कृष्ट नेतृत्व दिन सफल भएका प्रभावशाली युवा नेताका रुपमा समेत परिचित हुनुहुन्छ । लामाले अधिवेशन नजिकिदै जाँदा सभापतिको उम्मेदवारको रुपमो प्रचार प्रसारलाई तीब्र बनाउनुभएको छ । लामाले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर आगामी चुनावमा युवालाई परिचालन गर्दै तीनै तहको चुनावमा पार्टीलाई सशक्त रुपमा अगाडी बढाउने उदेश्य बोकेर जिल्ला सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो । सभापतिका दावेदार इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ र दोर्जेलाई संस्थापन ईतर समूहका नेतका रुपमा जिल्लामा चिनिन्छ । सँस्थापन समुहबाट भने जँगवहादुर लामा र प्...

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन २०७४ मा बाह्रबिसे नगरपालिका २ को वडाअध्यक्षमा निर्वाचित बमबहादुर तामाङ नेकपा एमाले मा प्रवेश गर्नुभएकाे छ । एमाले विभाजनपछि समाजवादीमा गएका जनप्रतिनिधि बाहेक सिन्धुपाल्चोकमा निर्वाचित जनप्रतिनिधि नै अर्को पार्टी मा प्रवेश गरेको यो पहिलो घटना हो । एमाले बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल लगायत एमाले नेताहरुले वडा अध्यक्ष तामाङ सहित कांग्रेस कार्यकर्ताहरुलाई एमाले प्रवेश गराएका थिए ।सत्तरी उपनामले समेत बाह्रबिसे क्षेत्रमा चर्चित काग्रेस स्थानीय नेता समेत रहेका वडा अध्यक्ष तामाङ २०४० सालदेखि काग्रेस मा कृयाशिल रहजुभएकाे थियाे । माओवादी द्वन्द्वकालमा कांग्रेस भएको कारण तामाङलाई माओवादी ले गोलि प्रहार समेत गरेर घाइते बनाएको थियो । पार्टी प्रवेश गर्दै वडा अध्यक्ष त...

सिन्धुपाल्चोक कांग्रेस अधिवेशन ः नेतृत्वमा कसले मार्ला वाजी ?

ब्रेकिङ न्युज १, राजनिती
नेपाली कांग्रेसको विवादित १६ वटा जिल्लाको अधिवेशन पटक–पटक सर्ने क्रम अब रोकिने देखीएको छ । यस्तैमा सिन्धुपाल्चोक जिल्लाले यही फागुन २७ र २८ गते अधिवेशन गर्ने घोषणा गरेको छ । यो घोषणासँगै चुनावी माहोलले जिल्लाका नेता–कार्यकर्तालाई ऊर्जा थपिएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोकमा नगर र गाउँ अधिवेशन सम्पन्न भएको छ । १२ वटा स्थानीय निकायमा गाउँ र नगर अधिवेशनबाट धेरैजसो नयाँ अनुहार नेतृत्वमा आएका छन् । सिन्धुपाल्चोकमा अहिले पार्टी सभापतिका लागि आधा दर्जन अनुहार देखिएका छन् । यीमध्ये तीन जनाको उमेदवारीलाई महत्का साथ हेरिएको छ । गाउँपालिकालाई पटक–पटक जिल्लाकै प्रथम बनाउन सफल वंशलाल तामाङदेखि प्राध्यापक, पूर्व क्षेत्रीय सभापतिले समेत उमेदवारी घोषणा गर्नुभएको छ । वंशलाल तामाङ तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको साहसिक–ऐतिहासिक विद्यार्थी आन्दोलनमा २०३६ सा...

वंशलाल तामाङको प्रतिवद्वता, सरकार कांग्रेसको – सेवा जनताको

ब्रेकिङ न्युज २, राजनिती
सन्तोष सिग्देल नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतीका उमेदवार वंशलाल तामाङले ७ प्रतिबद्वता ब्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत प्रतिवद्वताहरू व्यक्त गर्नुभएको हो । सरकार नेपाली कांग्रेसको, सेवा जनताको भन्ने प्रतिवद्वताका साथ उमेदवारी घोषणा गरेको तामाङले बताउनुभयो । तामाङको प्रतिवद्वतामा विधानको पुर्ण पालना, अग्रजलाई सम्मान, विचार प्रधान पार्टी – नीति प्रधान नेतृत्व जस्ता लोकप्रिय विषयहरू समावेश भएका छन । तामाङले प्रस्तुत गरेको ७ प्रतिवद्वताहरूमा विधानको पूर्ण पलना र सुदृढ संगठन ,व्यवस्थित कार्यालय गतिशील कांग्रेस , अग्रजलाई सम्मान युवालाई अवसर , सरकार कांग्रेसको – सेवा जनताको , संगठित, सक्रिय बलियो भातृ संस्था , विचार प्रधान पार्टी, नीति प्रधान नेतृत्व ७) विपदको साथी – नेपाली कांग्रेस पार्टी रहेका छन् । तामाङले आफ्नो पुरै जीवन जनतामा समर्पित भएको बताउनुभएको छ । ...

एमाले चौताराको अध्यक्ष श्रेष्ठ माथी कार्बाही

राजनिती, समाचार
सिन्धुपालचोक ,नेकपा एमाले चैतारा साँगाचोकगढी नगर कमिटीका अध्यक्ष खिलबहादुर श्रेष्ट लाइ अध्यक्ष बाट हटाइएको समाचार प्राप्त भएको छ । सचिब शुक्रराज प्याकुरेल द्धारा जारी पत्रमा यस्तो जनाइएको छ ।

प्याकुरेल नगर सचिव वाट निष्काशित

राजनिती, समाचार
नेकपा एमालको नगर सचिब प्याकुरेल िनलम्बित नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चौतारा साँगाचोकगढी नगर कमिटीको सचिव शुक्रराज प्याकरेललाई नगर सचिब बाट हटाई साधरण सदस्या समेत बाट निलम्बन गरि कार्वाही गरेको छ । नगर सचिव प्याकुरेललाई २०७८ फागुन १० गते बैठक को निर्णय अनुसार सोधिएको स्पष्टिकरण पत्र र लेखिपठाएको पत्रको बारेमा समेत छलफल गर्दा पाटिको सचिब पदबाटहटाईयको जनाउदै पार्टीको नेताहरुलाई निरन्तर अनादर र अभद्र रुपमा आफ्नो अभिब्यक्ति दिदै हडेको भन्दै कार्वाही गरेको नगर अध्यक्ष खिलबहादुर अध्यक्षद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अनाधिकृतन रुपमा पार्टीको लेटरप्याड प्रयोग गर्दै जिज्ञासा भन्दै खिसिटेउरी भाष प्रयोग गरेको र त्यस पत्रमा नेतृत्वलाई अझै अभद्र र अनदार अभिब्यक्ती दिएकाले कार्वाही गरेको जनाईएको छ ।बिज्ञेप्तिमा सचिब पद बाट हटाउदै दुई बर्षकम लागि साधरणा सदस्यबाट स...