सम्पर्क

सिन्धुपाल्चोकमा७१.७०प्रतिशतले मतदान गरे

जिल्ला निर्बचान कार्यलय सिन्धुपाल्चोकका अनुसार ७१.७०प्रतिशत मत खशेको जनाएको छ । जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालीकामा ७२.३७प्रतीशत मत खशेको छ । प्रतिशतको आधारमा जिल्लामा सबै भन्दा बढी त्रिपुरा सुन्दरी गाँउपालीकामा ७७.३८ प्रतिशत मत खशेको छ भने सबै भन्दा कम हेलम्बुमा ६४.७० प्रतिशत मत खशेको छ । यसको जानकारी सँँगै सिन्धुपाल्चोक जिल्ला निर्बाचन कार्यलयले सिन्धुपाल्चोक जिल्लाका सबै १२ वटा स्थानीय तहमा स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते मतदानको कार्य सम्पन्न भएको जनाएको छ । समग्रमा ७१.७० प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्क अनुसार यो उपस्थिति राम्रो हो भनेको छ ।आयोगले मतदान कार्यक्रममा उच्च मनोवलका साथ सहयोग गर्नुहुने सबै मतदाताहरु, राजनीतिक दलहरु एवं नेतागण, उमेद्वारहरु, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु, मतदान अधिकृत र सबै अङ्गका प्रमुख तथा सुरक्षाकर्मीहरु लगायत यस कार्यमा खट्नुभएका राष्ट्रसेवकहरु, स्वयंसेवकहरु, पर्यवेक्षकहरु, अनुगमनकर्ताहरु, स्वास्थ्य कर्मीहरु, अत्यावस्यक सेवा प्रदायकहरु, स्वतन्त्र सञ्चार जगत एवं सम्पूर्ण सिन्धुवासी जनसमूदायलाई धेरै धेरै धन्यवाद छ भनेको छ ।