सम्पर्क

बह्र्बिसेबाट काँग्रेसको बिजय शुरु

सिन्धुपाल्चोक जिल्लामा भएको मत गणना अनुसार बाह्र् बिसे नगरपालकिा वडा १मा नेपाली कांग्रेसका आङदोर्जे शेर्पाको प्यानल नै विजयी भएको छ । उक्त वडा बाट नेपाली काँग्रेसको वडा अध्यक्ष शेर्पाले ४१५ मत ल्याउँनु भएको थियो भने नेकपा एमालेका वडाअध्यक्षले २३९मत ल्याउँनु भएको जानकारी प्राप्त भएको छ । यस्र गरी नेपाली काँग्रेसको नगर प्रमुखमा ३९५र उप प्रमुखमा ४०२ मत प्राप्त भएको छ भने नेकपा एमालेको प्रमुखमा २२७ र उप प्रमुखमा २२७ मत प्राप्त भउको जानकारी प्राप्त भएको छ । जिल्लाको ३१६ वटै मतदान केन्द्रमा मतदान सकिए पछी निर्बाचन परिणाम आउँन शुरु गरेको हो । ज अनुमानीत ७३प्रतिशत मत खशेको सिन्धुपाल्चोकमा सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको थियो । प्रमुख जिल्ला अधिकारी सहीतको सुरक्षाको टोली हरेक मतदान केन्द्रमा गएर मतादाताहरुको मानोबल बढाउँनुका साथै मतदातालाइ आफुहरु सुरक्षित रहेको महशुस गराएका थिए ।