सम्पर्क

मेलम्ची मतगणना राति ९ः०० बजेबाट हुने

स्थानीय तह निर्वाचनको मत गणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ । सिन्धुपाल्चोकको विभिन्न स्थानिय तहको मतगणना जारी रहेको अवस्थामा मेलम्ची नगरपालिकामा आन्तरिक विवादका कारण मतगणना अझै सुरु हुन सकेको छैन । मेलम्ची नगरपालिका ९ ज्यामिरेमा शुक्रबार मतदानको समयमा कांग्रसले एकलौटि गरेर मतदान गरेको भन्दै एमालेले आपत्ति जनाउदै मतपेटिका उठाउँदा हस्ताक्षर नगरेपछि सहमति हुन नसकेको हो । शनिबार बसेको सर्वदलिय बैठकमा सहमति हुननसकेपछि मतगणना अनिश्चित बनेको हो । मतगणना शनिबार ९ः०० बजेबाट शुरु गर्ने गरी सर्वदलीय बैठकबाट सहमति जुटेको छ ।