सम्पर्क

सिन्धुपाल्चोकमा ७वडाको नतीजा प्राप्त

सिन्धुपाल्चोकजिल्लाकोअहीले सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम अनुसार सिन्धुपाल्चोकमा ७ जना वडा अध्यक्षका उम्मेद्वार विजयी हुनुभएको छ् । हामीलाइ प्राप्त समाचार अनुसार जिल्लाको निर्बाचन क्षेत्र नं १को त्रिपुरासुन्दरी गाउँपालिकावडा नं १ मा नेपाली काकांग्रेसका उम्मेदवार सीताराम थापाको प्यानल विजयी भएका छन् । एमाले र माओवादी गठबन्धनका हरेराम तिमल्सिनालाई ५८ मतले पछि पार्दै थापाले ३३४ मत ल्याई विजयी हुनुभएको स्थानीय स्थानीय संचारकर्मी पृथ्वीजंग पाण्डेले जानकारी दिनुभएको छ । एमालेका २७८ मत ल्याएर पराजित हुनुभएकोछ ।बाह्रविसे नगरपालिका वडा न १ र २, जुगल गाउँपालिका वडा न १, त्रिपुरासुन्दरी को वडा नं १ र हेलम्बु गाउँपालिका वडा न १ र ७का वडा अध्यक्षका उम्मेद्वारहरु विजयी हुनुभएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबीसे नगरपालिका वडा न १ बाट नेपाली काँग्रेसका आङदोर्जे शेर्पा विजयी हुनु भएको छन् । वडा न २ बाट नेपाली काँग्रेसकै रेशम तामाङ त्यस्तै जुगल, हेलम्बु र त्रिपुरासुन्दरी गाउँपालिकाबाट पनि नेपाली काँग्रेसका क्रमशः जनक लामा, दावा ग्याल्जेन लामा, नीर बहादुर खड्का र सीताराम थापा विजयी हुनु भएको छ ।१२ स्थानीय तह र १०३ वडा रहेको सिन्धुपाल्चोकमा विवादका कारण मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मत गणना कार्य सुरु भएको छैन ।। मेलम्ची नगरपालिकाको भने आज राति ९ बजेबाट मतगणना शुरु गर्ने सहमति भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार बाह्रबिसे नगरपालिका–२ घोर्थलीमा रेशम बहादुर तामाङको प्यानल विजयी भएको छ । उहाँले एमालेका जीतबहादुर तामाङलाई पराजित गर्दे विजयी हुनुभएको छ । विजयी रेशमले ७०६ मत र पराजित जीत बहादुरले ६२४ मत ल्याउनु भएको छ । उक्त नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ ।हेलम्बु गाउँपालिका–१ मा कांग्रेसका दावाग्याल्जेन लामा (ह्योल्मो) ९६५ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका अनिल लामा ५७१ मत ल्याई पराजित भएका छन् । हेलम्बु गापा–७ मा कांग्रेसका निलबहादुर खड्काको प्यानल विजयी भएको छ । एमालेका विष्णु तामाङ ५९७ मतले पराजित हुनुभएको छ । पछील्लो समाचार अनुसार चौतारा साँगाचोकगढी नगरपालकिा वडा नं ३मा नेकपा एमालेका टेक बहादुर तामाङ्गको प्यानल बिजय हुनुभएको छ ।