ईन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न
इन्द्रावती गाउँपालिकाकोे दोस्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्षको मध्य समयमा दोस्रो गाउँसभा बसेको हो । आर्थिक वर्ष २०७९।८० को ईन्द्रावती गाउँपालिकाका प्रस्तावित संशोधित बजेट अनुमान तथा कार्यक्रम सर्ब सम्मत रुपमा पास गर्दै सभा सम्पन्न भएको छ । विनियोजन विधेयक आउदो २५ गते छलफल गर्नका लागि टेबुल समेत गरिएको छ । गाउँसभा बाट ७९ करोड, ९१ लाख ३६ हजार बराबरको बजेट टेबुल गरिएको हो । गाउँपालिका उपाध्यक्षसोभाना तामाङले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रोत्साहन गर्न दुग्ध संकलन तथा प्रसोधन केन्द्र डेरीमा दुग्ध विक्रि गर्ने किसानलाई प्रतिलिटर रु २ अनुदान दिदै आएकोमा उक्त रकम सत् प्रतिशत वृद्धि गरि रु ४ रुपैयाँ उपलब्ध गराइने ब्यबस्था गरिएको , उत्कृष्ट कृषक विशेष अनुदान कार्यक्रम सञ्चालन गरिने , पालिका स्तरमा निर्मित रंगसालालाई इन्द्रावती रंगसालाको रुपमा नामाकरण गर्ने र उक्त...
