राजनिती
सुनकोशीमा ३ वडा वडाको मत सार्वजनिक ३ वटै वडामा काङ्ग्रेसले जित हासिल
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ३ वडाको मत गणना सार्वजनि गरेको छ । सुनकोशी १,२,३ क्रमश तिन वटै वडामा नेपाली कांग्रेसले विजयी हात पारेको छ । सुनकोशी १ मा तीन दलिय बाम–गठबन्धनलाई परास्त गर्दै निकै फराकिलो मतले नेपाली कांग्रेसका कुमार शाही विजय हुनुभएको छ । शाहीको प्यानलनै विजयी भएका छन् । त्यस्तै सुनकोशी २ मा नेपाली कांग्रेसका विष्णु महतको प्यानल नै विजयी भएका छन् भने सुनकोशी ३ मा पनि नेपाली कांग्रेसका ईश्वर तामाङको प्यानल नै विजयी भएका छन् ।...
मेलम्चीमा नेकपा एमाले अघि कांग्रेस पछ्याउदै
मेलम्ची नगरपालिकामा एमालेले अग्रता बढाएको छ । वडा नम्बर १ र १३ को मतगणना गर्दा एमालेका मेयरका उम्मेदवार बालकृष्ण देउजाले २८४ मतले अग्रता लिएका छन् । उहाँले १६ सय ६५ मत ल्याएका छन् ।उहाँलाई कांग्रेसका मेयरका उम्मेदवार आइतमान तामाङले पछ्याइरहेका छन् । उहाँले १३ सय ६१ मत ल्याएका छन् । यस्तै एकीकृत समाजवादीका नानीराम चौलागाईले ११७४ मत प्राप्त गरेका छन् । उपमेयरमा भने माओवादीका उम्मेदवारले अग्रता लिएका छन् । माओवादीका देवेन्द्र घोरासैनीले ११४ मतले अग्रता लिइरहेका छन् । उहाँले अहिलेसम्म १६ सय १५ मत ल्याएका छन् । यस्तै एमालेको उमा प्रधानले १५ सय १ मत ल्याएका छन् । राप्रपाको कुमारी स्याङ्तानले ९५० मत ल्याएका छन् । मेलम्चीमा कांग्रेस र राप्रपा तथा समाजवादी र माओवादीको गठबन्धन भएको हो ।
...
भोटेकोशीमा कांग्रेसको अग्रता
भोटेकोशी गाउँपालिकामा कांग्रेसले अग्रता बढाएको छ । कांग्रेसका अध्यक्ष उम्मेदवार पासाङ नोर्बु शेर्पाले १८५७ मत ल्याएर झिनो मतले विजयी भएका छन् । उहाँलाई पछ्याउँदै नेकपा एमालेका अमृत खड्काले १७३८ मत ल्याएका छन् । यस्तै माओवादीका राजकुमार पौडेलले १७३४ मत ल्याएका छन् । उपाध्यक्षमा भने भोटेकोसीमा एमालेको सुन्तली श्रेष्ठले अग्रता लिएका छन् । उहाँले २१८८ मत ल्याएका छन् । कांग्रेसको दिछेन शेर्पाले पछ्याउदै २०३५ मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रकी आशा गुरुङ शेर्पाले १५७६ मत ल्याएका छन् ।
...
मेलम्ची १ मा एमालेका कृष्णमुरारी विजयी
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका –१ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेकपा एमालेका कृष्णमुरारी चौलागाईले ८३४ मत ल्याएर विजयी हुनुभएको छ । चौलागाईको प्यानलनै विजयी भएका छन् ।
ईन्द्रावती ५ मा एमालेका शनिनाथ आचार्य विजयी
सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका –५ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेकपा एमालेका शशिनाथ आचार्य विजयी हुनुभएको छ ।
चौतारा साँगाचोकगढी ८ मा अमृत दंगाल विजयी
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –८ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेपाली कांग्रेस अमृत दंगालले ६८८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामकृष्ण दंगाललाई ७ मतको अन्तरले विजय हात पार्न सफल हुनुभएको छ ।
