सम्पर्क

चौतारा सागाँचोकगढी नगरपालिकाको सभा स्थगित

 

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे समिक्षा गर्नुपर्ने धारणा राखे लगतै शुक्रबार चौतारा सागाँचोकगढी नगरपालिकाको १२ औ नगरसभा स्थगित गरिएको छ ।
सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरि जम्मा १२ वटा स्थानिय तह रहेका छन् । त्यस मध्य चौतारा साँगाचोकगढी नगरपालिका जिल्लाको सदरमुकाम समेत रहेको नगर पालिका हो । यस नगरपालिकाको १२ औे नगर सभा स्थगित भएको छ । नेपाली काङ्ग्रेस, नेकपा र एमालेको तर्फबाट निर्बाचित वडा अध्यक्ष हरुले चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले बजेट नीति तथा कार्यक्रम सुनाए लगत्तै असहमति जनाउँदै उठेर बिरोध जनाए पछि बैठक स्थगित भएको हो । नगरपालिकाको बजेटमा वडाहरुलाई पक्षपात गरिएको भन्दै नेपाली काङ्ग्रेसको वडा अधयक्ष निल बहादुर तामाङ्ग ( सुमन), बिमल श्रेष्ठ, अमृत दङ्गाल डम्बरहादुर तामाङ्ग, र नेकपा एमालेका सुदिप श्रेष्ठ, टेक बहादुर तामाङ्ग, शिव श्रेष्ठले बजेट तथा निती कार्यक्रममा वडालाई सम्बोधन गर्न नसकेको र एक अरब चौबिस करोड उनान्तीस लाख सर्चालिस हजारको बजेट प्रस्तुत हुँदा दस करोड पचासलाख मात्र छुट्याइएकोमा मुख्य बिरोध रहेको थियो । नगरसभामै चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम समिक्षा गर्नुपर्ने उनीहरुको धारणा रहेको छ । ‘विगतको समिक्षा नगरीकन,भविष्यको नीति बारे कसरी बोल्ने ? शुरुमा चालूको योजना कार्यान्वयनको समिक्षा गरौं । त्यसमा भएका कमीकमजोरी सच्याएर आगामी आर्थिक वर्षको नीति र कार्यक्रमको छलफल गरौं ।’ सभामा बोल्ने अधिकाशं अध्यक्षहरुको माग थियो ।
नगर सभाको बैठकमा नेकपा समाजवादी र माअ‍ेबादिका वडाअध्यक्षहरु भने मौन रहनु भएको थियो । यस अघि गत ७८÷७९ को प्रगति बिबरण प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत राम बहादुर के.सि. ले नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्नुका १२ वटा ट्रस, निर्माण गरिएको र २ वटा सामुदायक भवन, एउटा महिला भवन मर्मत गरिएको ९ वटा छुर्तेन गुम्बा निर्माण गरिएकोर १२वटा मन्दिर मर्मत गरिएको लगायत जानकारि गराउनु भयो । सभामा असन्तुष्ट वडाअध्यक्षहरुलाई नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले कार्यपालिकाबाट बैठक बसेर समस्याको समाधान गरिने भन्दै बैठक स्थगित गरेको जानकारी दिनु भयो ।