सम्पर्क

राजनिती

इन्द्रावतीमा झम्क नेपालद्धारा धन्यबाद

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमालेको तर्फबाट इन्द्रावती गाँउपालिकाको अध्यक्षमा निर्बाचीत भएपछी नव निर्बाचित अध्यक्ष झम्क नेपालले सबै मतदातालाइ धन्यबाद दिनु भएको छ । उँहाले गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ मा नेकपा एमालेका तर्फबाट इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकको अध्यक्षमा सूर्य ध्वजाबाहक उमेद्वारका रुपमा खडा भइ निर्वाचित गराउने आम मतदाताप्रति गौरवका साथ धन्यवाद दिन चाहान्छु भन्नु भएको छ । इन्द्रावतीका जनताको माया, विश्वास, भरोसा र सम्मानप्रति म आभारी छु । उक्त निर्वाचनमा म तथा नेकपा एमाले पार्टीका तर्फबाट उमेद्वार बन्नुभएका गाउँपालिकामा निर्वाचित उपाध्यक्ष, विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरु, प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्र बाट निर्वाचित जनप्रतिनिधि साथीहरू सबैलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । इन्द्रावती गाउँपालिकाको रुपान्तरण, विकास, संमृद्धि ...

काँग्रेसका गिरीद्धारा धन्यबाद

ब्रेकिङ न्युज २, राजनिती, समाचार
  नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ प्रदेस क का सभापती तथा चौतारासाँगाचोकगढी नगरपालीकाको नगर प्रमुखका उमेदवार केशब राज गिरीले सबैलाइ धन्यबा दिनु भएको छ । उँहाले नेपाली काँग्रेसबाट निर्बाचन जितेक नगरपालीका वडा नं ७,८,९,१०,वडाका निर्बाचित पदाधिकारीहरुलाइ बधाइ दिनु हँदै नगर र प्रदेसका सम्पुर्ण मतदाता, नेपाली काँगे्रसलाइ जिताउँन लागी पर्नु हुने सबैमा बिशेष धन्यबाद दिनु भएको छ ।  ...

गुन्सामा तनाब कांग्रेस एमालेबिच झडप

ब्रेकिङ न्युज २, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मध्य मतगणना को नतीजा आउँन बाँकी पाँचपोखरुी थाङपाल गाउँपालिका मा झडप भएको समाचार प्राप्त भएको छ । शुक्रबार भएको मतगणनाको विषयमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच आज बिहानै झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको हो । आजबिहीबार बिहान गुन्साबाट गाउँपालिका भवनतिर जाँदै गरेका कांग्रेसका एक कार्यकर्तालाई एमालेका कार्यकर्ताको समुहले बाटो छेकेर कुटपिट गर्दै मोटरसाइकल तोडफोड गरे पछी त्यँहा झडपको स्थिती भएको जनाइएको छ ।  ...

चौतारासाँगाचोकगढी ईर्खुमा स्वागत

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगर पालिका वडा नं. ८ नेपाली कांग्रेस इकाइ द्धारा नगरपालिकाभित्र निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान तथा स्वागत गरेको छ । नेपाली कांग्रेस ईर्खु वडाद्धारा आयोजित कार्यक्रममा वडा नं. ७,८,९ र १० का वडा अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस वडा नं. ९ कदमवास ईकाई समितिका सभापति दुर्गा राज गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति तथा अनुसाशन समितिका संयोजक टंक बहादुर कार्कीले नेपाली कांग्रेसका निर्वाचित नगरका चारै वटा पदाधिकारीले नमुनाको काम गरेर जनताको मन जित्नु पर्ने बताउदै नेपाली कांग्रेसको ४ वडाअध्यक्षहरुको जिम्मामा अरु १० वटा वडाहरु पनि विकासको काममा निगरानी गर्ने जिम्मेवारी बढेको बताउनुभयो । नेपाली कांग्रेस सिन्धुपाल्चोकले निर्वाचनको बेला असहयोग गर्ने कृयासिल सदस्यहरुको सदस्यता समे...

त्रिपुरासुन्दरीमा नेपाली कांग्रेसको जित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाका त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका भक्तध्वज बोहोरा विजयी हुनुभएको छ । उहाँले चार हजार दुई सय २९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ पौडेलले तीन हजार दुई सय ६७ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रबाट बिर्ख बहादुर श्रेष्ठले एक हजार आठ सय ६२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष नेपाली कांग्रेसका गिता कुमारी नेपालले चार हजार एक सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेपालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सविता श्रेष्ठले तीन हजार आठ ८९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रबाट मिना लामाले एक हजार दुई सय ३ मत प्राप्त गर्नुभएको छ ।...

बाह्रबिसे नगरपालिकामा नेपाली कांग्रेसको जित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका बालकृष्ण बस्नेत हुनुभएको छ । उहाँले सात हजार ७३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयर नेपाली कांग्रेसका मञ्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुशीला पाख्रीन पाँच हजार ९९० मत प्राप्त गर्नुभएको छ ।...

भोटेकोशी गाँउपालिकाको अध्यक्षमा पासाङ नुर्बु शेर्पा विजयी

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् । सोमबार साँझ निर्वाचन अधिकृतको कार्यालयबाट आएको मतगणनाको परिणाम अनुसार भोटेकोशी गाउँपालिकाको अध्यक्षमा पासाङ नोर्बु शेर्पा विजयी भएका हुन् । शेर्पाले २६०५ मत ल्याएर विजयी भएका हुन् भने उहाँ प्रतिद्वन्द्वी नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार रहेका अमृत खडकाले २०४८ मात्र मत ल्याएका थिए । उपाध्यक्षमा पनि नेपाली कांग्रेसका दिछेन शेर्पा विजयी भएका हुन् । उपाध्यक्षमा दिछेन शेर्पाले २७१२ मत ल्याएर विजयी भएका छन् भने शेर्पाका प्रतिद्वन्द्वी नेकपा एमालेबाट सुन्तली श्रेष्ठले २५५३ मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार राजकुमार पौडेलले भने १९१८ मतमा ल्याएर तेस्रो भएका छन् र माओवादी केन्द्रका उपाध्यक्ष उम्मेद्वार आशा गुरुङ शेर्पाले १६१२ मत ल्याएका छन् । ५ वटा वडा रहेको उक्त पालिकामा ३ वटा वड...

ईन्द्रावती ९ मा बाबुराम लामा पुनः विजयी

राजनिती, समाचार
ईन्द्रावती गाउँपालिका –९ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेकपा एमालेका बाबुराम लामा पुनः विजयी हुनुभएको छ । उहाँका प्यानलनै विजयी भएका छन् भने लामा अघिल्लो निर्वाचनमा समेत सोही वडामा विजयी हुनुभएको थियो ।

चौतारा साँगाचोकगढी ९ मा विमल श्रेष्ठ विजयी

राजनिती, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –९ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेपाली कांग्रेसका विमल श्रेष्ठले विजयी हात पारेको छ ।

ईन्द्रावती ७ मा रविन्द्र खाति विजयी

राजनिती, समाचार
सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका –७ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेकपा माओवादी केन्द्रका रविन्द्र खाति विजयी हुनुभएको छ । उहाँले ६७६ मत प्राप्त ल्याएर विजयी भएका छन् । खातिको प्रतिद्वन्द्वी एमालेका उमेदवारले ३१९ र काङ्ग्रेसका उमेदवारले ३४६ मत प्राप्त गरेका हुन् ।