सम्पर्क

निर्बचित पदाधिकारीलाइ जोड दुइ सम्म निशुल्क गर्न बस्नेतको अनुरोध

 

नेपालीकाग्रेसले जितेका ठाँउमा जोड दुइ सम्म निशुल्क शिक्षा को ब्यवस्था गर्न नेपालि काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले निर्बाचित जन प्रतिनिधीहरुलाइ अनुरोध गर्नु भएको छ । उँहाले नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २कार्य समितीले बाह्र्बिसमा गरेको स्वागत तथा सम्मान कार्यक्रमको उद्धघाटन गर्दै बस्नेतलेकहीले काँग्रेसलाइ कसरी पहीलो पाटी बनाउँने भन्ने चिन्ता कहीले उम्मेद्वारलाइ कसरी जिताउँने भन्ने चिन्ता अहीले निर्वाचित जन प्रतिनिधीले जनमुखी काम गर्न सक्दैनन की भन्ने चिन्ता लागीरहेको बताउँदै पाटीबाट टिकट पाइयो चुनाव जितीयो तर नागरिकको पक्षमा काम गरेन भने त्यस्ता जन प्रतिनिधी नेपाली काँग्रेसको हुनै नसक्ने बताउँनु भयो । उँहाले जुनसुकै ब्यक्ती पनी नेता हुन सक्ने तर आफ्नो गाँउ ठाँउ बाट पाटी सगठन बलीयो बनाएर अगाडी बढे मात्र नेता हुने बताउँदै केन्द्रमा बेठक बसेर होइन गाँउ गाँउ गएर काग्रेस बढाउँन सके तिनै काँग्रेसले नेता बनाउँने स्पस्ट पार्नु भयो । नेपाली काँग्रेसका बागमती प्रदेस सहमहामन्त्री हरिशरण श्रेष्ठले नेपाली काँग्रेसले जितेको ठाँउमा लोभ लाग्दो जनमुखी कार्यक्रम गरेर हारेका ठाँउहरुमा पनी काँग्रेस ले गरेका कामहरुको कारण काँग्रेस प्रती आश्था बढाउँने खालका कामहरु गर्नु पर्ने बताउँनु भयो । जिल्ला पाटी सभापती जगं बहादुर लामाले एउटा पालिकामा एउटा प्रमुख हुने तर टिकटका दावेदार धेरै हुने हँुदा एउटाले पाए अर्काले असहयोग गर्ने गर्न नहुने बताउँदै त्यस्तालाइ अनुशासन समितीको सिफारिस अनुसार कार्बही गरिने बताउँनु भयो । महासमिती सदस्य भोला बोहोराले नेपाली काँग्रेस मात्र एक विकास प्रेमी पाटी हो यसका लागी नेपाली काँग्रेस का साथीहरुले जनमुखी काम गर्नु पर्ने बताउँनु भयो । नेपाली काँग्रेस सुनकोशी गाँउपालिकाको मन्जु भण्डारीले कम्युनिष्टहरु काम भन्दा पनी कुरा गर्ने काँग्रेस कुरा भन्दा काम गर्ने भएकाले र काँग्रेसमा विकासवादी नेताहरु रहेकाले आफु काँगे्रस प्रबेश गरेको बताउँनु भयो । नेपाली काँग्रेसका क्षेत्रीय सचिब कृष्ण प्रसाद आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य भने अर्का सचिब सञ्च बिर तामागंले गर्नु भएको थियो । बाह्र्बिसे नगरपालिकाको कबर्डहलमा भएको सम्मान कार्यक्रममा बोल्दै कायृक्रमको सभापतीतव गरिरहनु भएका क्षेत्रीय सभापती तथा बाह्र्बिसे नगर पालीकाका प्रमुख बालकृष्ण बस्नेतले हरेक दुख शुखमा साथ दिने काँग्रेसका नेताहरु दिनरात भोक निन्द्रा नभनी खटेका कारण निर्बाचन जितेको बताउँदै बिकासका कामहरुमा पनी काँग्रेसका कार्यकर्ताहरु यसै गरी खट्न पर्ने बताउँनु भयो । नेपाली कााग्रेस १ नै क्षेत्रीय कार्य समितीले जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठ तथा सदस्यहरु नगर प्रमुख बालकृष्ण बस्नेत लगाएत वडाअध्यक्षहरु गाँउपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा । जुगलका हिमाल श्रेष्ठ लगाएत नेपाली काँग्रेसबाट निर्वाचीत १ नं क्षेत्रका सबै जनप्रतिनिधीहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा नेकाका नेता महासमिती सदस्य डा.प्रेमध्वज लामा राजेन्द्र कुमार श्रेष्ठ बिष्णु बहादुर खत्री लगाएतका नेताहरुकोउपस्थिती रहेको कार्यक्रममा सहभागीहरुले १ नं क्षेत्रमा मोहन बहादुर बस्नेतलाइ सघीय साँसदमा निर्बाचित गराउँने त्यसका लागी सबै लागी पर्ने बताएका छन ।