सम्पर्क

तामाङ चलचित्र काख्रे ( गंगटो) प्रर्दशनिको तयारी पुरा

सञ्जिव तामाङ (स्याङ्बो)/काठमाडौं
तामाङ चलचित्र काख्रे ( गंगटो) को प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको छ । असार १८ अर्थात् भोलि शनिबार दिनको ठिक १ः०० बजे काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा पूर्व सांसद बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा काख्रे (गंगटो) चलचित्रको प्रिमियर शो हुने भएको नायक तथा लेखक ऋतुराज पाख्रिनले जानकारी दिनुभयो । कोभिड १९ पछि प्रिमियर शो भएको तामाङ समुदायको यो पहिलो चलचित्र हो । असार ३ गते काख्र चलचित्रको टेलर सार्वजनिक भएको थियोे । पत्रकार सम्मेलन मार्फत राष्ट्रिय नाँचघर जमलमा प्रिमियर शो हुने जानकारी दिएका थिए । अहिले सम्पूर्ण तयारी पूरा भएको काख्रे (गंगटो) निर्माण टिमले बताउनुभएको छ । काख्रे (गंगटो) चलचित्र लकडाउनको समयमा नै निर्माण भएको थियो । कथाकार तथा नायक ऋतुराज पख्रिनले सामाजिक विकृति र विसङ्गतिको विरुद्ध काथि प्राहार गरि तयार पारिएको चलचित्र भएको बताउनुभएको छ । यसैगरी निर्देशक रोशन फ्युवाले अहिलेसम्मकै तामाङ समुदायको ब्याङ्ग्यात्मक पहिलो चलचित्र भएको दाबी गरेका छन् । नायिका सुनिता लुङ्वाको भनाइ भने यस्तो छ । “मैले यो चलचित्रमा फरक भुमिकामा अभिनय गरेको छु । यो भन्दा धेरै चलचित्रहरुमा मुख्य भुमिकामा अभिनय गर्ने अवसर मिल्यो तर यो चलचित्रले जस्तो फरक सन्देश अरु चलचित्रबाट दिन सकेको थिएन तर असार १८ गते सबैले राम्रै सन्देश बोकेर जानेछन् भन्नेमा म ढुक्क छु ।“ काख्रे चलचित्रले वर्तमान युवाहरूले काठमाडौंमा बोकेका समस्याहरुलाई प्रमुख मुद्दाको रुपमा प्रस्तुत गरेको पाइन्छ । काठमाडौंको डिस्कोथेग तिर महिलाहरुको जीवन अवस्थाको बारेमा काख्रे चलचित्रबाट थाहा पाउने लेखक ऋतुराज पाख्रिनको दाबी रहेको छ । चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको छ । यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ । प्रकाश तामाङले छायांकन गरेको काख्रेमा द्वन्द राजु किरातको रहेको छ भने शृंगार अस्मिताको रहेको छ ।