सम्पर्क

अविरल बर्षाका कारण दारिगौड देवी मन्दिरमा क्षति

सञ्जिव तामाङ (स्याङ्बो)

गत सोमबार रातीको अविरल बर्षाका कारण इन्द्रावती गाउँपालिका वडा नं. ४ स्थित श्री दारिगौड दिवी मन्दिर क्षति ग्रस्त भएको छ । करिब ७ बर्ष पहिला नवलपुर गा.वि.स बाट ९ नं. वडाको लागि छुट्याएको २० हजार बजेटबाट निर्माणधित देवी मन्दिर सोमबार रातिको अविरल बर्षाको कारण भत्किएको छ । एतिहासिक देवी मन्दिरमा बर्सेनि माग पुर्णिमाको दिन ठुलो मेला लाग्ने स्थानीय पदम बहादुर तामाङ बताउँछ । तामाङको १० घर मिलेर बर्सेनि गुठी पुजा गर्ने मन्दिर भत्किएको देख्दा स्थानीय दुखी भएको छ ।