सम्पर्क

चौतारा वृद्धाश्रममा निशुल्क उपचार

सिन्धुपाल्चोक जिल्लाको चौतारा पुरानो बजार नजिक रहेको वृद्धाआश्रममा रहेका बृद्दा बृद्दहरूलाई डाक्टर सहितको एक टोलीले मंगलबार निशुल्क उपचार गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका ५ नं.वडा कार्यालयको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिका, जिल्ला अस्पताल चौताराले बृद्द बृद्दाहरूलाई स्वास्थ्य परिक्षण गरि बिभिन्न औषधीहरू निशुल्क बितरण गरेको हो । उक्त कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक शिव पुरी जिल्ला अस्पतालका डा.श्रीकेश यादव, नगर स्वास्थ्य शाखाका शंकर प्रसाद दाहाल वडा अध्यक्ष शिव श्रेष्ठ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक घनश्याम नेपाल ५ नं.वडाको शहरी स्वास्थ्य केन्द्रका अ.हे.व सृजना खड्का थापा, अ.न.मी दिपा थापा बृद्दआश्रमको अध्यक्ष माया निरासी सचिव होम कुमारी पुरी जनप्रतिनिधी राम ब घले लगायत अन्या सामाजिक अभियान्ताहरूको उपस्थिती रहेको थियो । उक्त कार्याक्रममा नियमित औषधी प्रयोगकर्तालाई सोहि औषधीको उपलब्ध,गराई भिटामीन क्याल्सियम जीवनजल सिटामोल आँखामा लगाउने, ब्ष्च मचगदक Air drubs eye drubs पेन किलर जस्ता औषधीहरूको बितरण गरेको थियो । आँउन ेदिनहरूमा महिनाको एक पटक यसैगरी बृद्दा बृद्दहरूलाई सेवा प्रदान गर्ने लक्ष रहेको चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला अस्पताल संग समन्वय गरी सेवा प्रदान गर्न सकिने भनि वडा अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनु भयो । सेवा ग्राही सन १९९० सालमा जन्मिनुभएका लुमडी ढकाल ८६ बर्षीय पासाङ तमाङ लगायत ८ जना बृद्दा बृद्दाहरूले सेवा प्रदान गरेका थिए । बृद्दा आश्रमको अध्यक्षमा माया निरासीले अत्यन्तखुशी प्रकट गर्नुभएको थियो ।