सम्पर्क

अध्यक्ष नेपालद्धारा विकास योजनाको अनुगमन

सञ्जिव तामाङ (स्याङ्बो)
ईन्द्रावति गाउँपालिका अध्यक्ष झम्क नेपालले शनिवार पालिका भित्र संचालनमा रहेको विबिध बिकास योजनाहरुको अनुगमन गर्नुभएको छ । पालिकाको प्राबिधिक सहितको टोलीले निर्माणाधीन बाहुनेपाटी,ऐसेलु खर्क सडक, त्यसैगरी इन्द्रावती नदी नियन्त्रण (ग्याविन भराई) कार्यको अनुगमन र नवलपुर ज्यामिरे सडक खण्डको अनुगमन गर्नुभएको थियो । अनुगमनको क्रममा पालिका अध्यक्ष नेपालले बर्खाको समयमा नागरिकले सास्ति खेप्न नपर्ने गरि सडक निर्माणकार्य अगाडि वढाउन निर्देशन दिनुभएको छ । उहाँले सम्वन्धित ठेकेदार कम्पनीहरुलाई कामको गुणस्तरमा जनस्तरबाट गुनासो नआउने गरि प्राबिधिक स्टामेट अनुसार गराउन निर्देशन दिनुभएको छ । पालिका अध्यक्ष नेपालले नदि नियन्त्रणको काम निरन्तर संचालन गरिने पनि स्थानीयहरुको विचमा वताउनु भएको छ । तोकिएको समयमा काम सक्न सबै पक्षलाई निर्देशन समेत अध्यक्ष नेपालले दिनुभएको थियो । पालिका मुकाम संग जोडिने सबैसडकहरु बर्खाको समयमा पनि संचालनमा राखिने पालिका पुर्वधार विकास समिति संयोजक एवः सो पालिकाको वडा नम्वर ५ को वडा अध्यक्ष शशिनाथ आचार्यले जानकारी दिनुभयो । सो अनुगमनमा पुर्वधार विकास समिति संयोजक एवः ५ नम्वर वडा अध्यक्ष शशिनाथ आचार्य सहित पालिकाको प्राबिधिकहरु रहनुभएको थियो ।