सम्पर्क

नेका केन्द्रीय सदस्य बस्नेत द्धारा आचार्यलाइ सहयोग हस्तानन्तरण

 

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगर पालिका वडा नं१० निवासी चेतेन्द्र आचार्य सहीत उँहाको परिबारलाइ नेपाली काँग्रेस ले रु एकाउन्न हजार आर्थीक सहयोग गरेको छ । हामीलाइ प्राप्त समाचार अनुसार सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १० स्थायी घर भई हाल काठमाडौंमा मकै पोलेर आफ्नो जिवीका चलाउँदै आउँनु आउनुभएका चन्द्र नाथ आचार्य को शुक्रबार महानगरले ठेला मकै लगायतका सामाग्री जफत गरे पछि पीडामा रहनु भएका आचार्य लाई पुन ब्यबस्थित ब्यसाय सञ्चालन गर्नका लागि नेपाली काँग्रेसका प्रभावसाली केन्द्रीय सदस्य पुर्व मन्त्री मोहनबहादुर बस्नेत ले उक्त रकम हस्तानन्तरण गर्नु भएको हो । नेपाली काँग्रेस सिन्धुपाल्चोकका युवा नेता कृष्ण कुमार तामाङ (समिर) ले आचार्य परिबारलाइ नगद रू ५१०००।नगद सहयोग गर्नु हुँदै नागरिकलाइ दुख मा सहयोग गर्नु नै राजनेताका दाइत्व भएका ले केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत लगाएतआफुहरु ले सहयोग गरेको बताउँनु भयो । आइतबार केन्द्रीय सदस्य बस्नेत सँगै नेताहरु श्रवणकुमार जिसी। रामकुमार थापा ,कुमार तामागं समिर लगाएत कांग्रेस सिन्धुपाल्चोकका नेताहरुले ५१ हजार रूपैया सहयोग गरेका हुन् । महानगरका प्रहरीले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको भन्ने जानकारी प्राप्त भएकाले सहयोग गरेको केन्द्रीय सदस्य बस्नेतले बताउँनु भयो । उँहाले सवारीसाधानको आवतजावत र सर्वसाधारणको आवात जावतमा समस्या नहुने र महानगरपालिकालाइ असर नगर्ने गरि व्यवसाय गर्न समेत आचार्य परिबारलाइ सुझाव दिनुएको छ।प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले आचार्यको मकै सहीत गाडा नगरपालिकाले लगेको भिडिओ सामाजिक सञ्जाल मा आएको थियो ।