सम्पर्क

शिक्षक महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा खतिवडा

नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकको नयाँ नेतृत्व चयन गर्दै दोस्रो जिल्ला अधिवेशन चौतारामा सम्पन्न भएको छ । दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा नेपाल शिक्षक संघका कुमारप्रसाद खतिवडा निर्वाचित हुनुभएको छ । सह अध्यक्ष र महिला उपाध्यक्षमा एकीकृत अखिल नेपाल शिक्षक संगठन बाट श्याम कुमार सापकोटा,शान्ता तिमिल्सिना , उपाध्यक्ष खुलामा नेपाल राष्ट्रिय शिक्षक संगठनका नमराज नेपाल सचिवमा नेपाल राष्ट्रिय शिक्षक संगठनका उद्दव पौडेल ,सह सचिवमा नेपाल शिक्षक संघका काशीनाथ नेपाल ,सहसचिव अर्थ र सहसचिव महिलामा एकीकृत अखिल नेपाल शिक्षक संगठनका सिताराम गिरी,बिन्दु थोकर निर्वाचित हुनुभएका छन् । कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघको केन्द्रिय अध्यक्ष कमला तुलाधरले शिक्षामा गुणस्तर खोजेर मात्र नहुने शिक्षकको पेशागत संगठन तथा महासंघले उठाएका माग पुरा गर्नु पर्ने,शिक्षामा बजेटको उचित प्रबन्ध गर्नु पर्ने ,शिक्षा मन्त्री शिक्षकको मागको विषयमा सकारात्मक भए पनि अर्थ मन्त्रालय नकारात्मक हुदा शिक्षक को हकहितमा काम नभएको आरोप लगाइन।शिक्षक, विद्यालय कर्मचारी तथा बालबिकास शिक्षक लाइ सरकारले तुरुन्त उचित मागको सुनुवाइ गर्नुपर्ने बताउनुभयो । शिक्षक महासंघले उठाएका ५१ बुदे माग पुरा भएमा समग्र माग पुरा भइ शिक्षाको गुणस्तर माथि उठाउन सहज हुने बताउनुभयो । स्थानीय तहले शिक्षक लाइ गर्ने हेयको व्यवहारमा परिवर्तन हुनुपर्ने बताउनुभयो। त्यसैगरी शिक्षकले पनि आफ्नो हक अधिकार को कुरो उठाउदा कर्तव्य नभुल्न आव्हान गर्नुभएको थियो । नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकको दोस्रो जिल्ला अधिवेशनमा जिल्ला समन्वय समितिको उपाध्यक्ष पदमनाथ नेपाल ,चौतारा सागाचोकगढिको उपमेयर सिता थापा,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्ण सुबेदी लगायत शिक्षक संघ ÷ संगठनका जिल्ला अध्यक्ष हरुले शुभकामना दिएका थिए । कार्यक्रम नेपाल शिक्षक महासंघ को जिल्ला अध्यक्ष ध्रुवराज गिरीको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिब इश्वर चौलागाईंले गर्नुभएको थियो । सदस्यहरुमा २ जना महिला सहित जम्मा ६÷६ जना तिन वटा संघ ÷संगठनबाट निर्वाचित भएका छन । सदस्यहरुमा पृथ्वीजंग पाण्डे ,कृष्ण बहादुर गिरी,छत्रराज श्रेष्ठ ,सिता थापा,बिन्दु सापकोटा ,सरिता थापामगर,बिनोद गहतराज,कुलप्रसाद पौडेल ,शुदर्शन पराजुली ,टिकाप्रसाद पराजुली लगायत निर्वाचित भएका छन।शिक्षक महासंघ शिक्षकहरुको साझा छाता संगठन हो । त्यसैगरी सिन्धुपाल्चोकको स्थानीय तहहरुमा पनि तिनवटा संघ÷ संगठनका बीच तालमेलका आधारमा स्थानीय नेपाल शिक्षक महासंघ गठन गरिएको छ । भोटेकोसीमा नेपाल शिक्षक संघबाट भक्त लामाको नेतृत्वमा, बार्हबिसेमा नेपाल शिक्षक संघबाट हरिकृष्ण खड्काको नेतृत्वमा त्रिपुरासुन्दरीमा नेपाल राष्ट्रिय शिक्षक संगठनबाट सुर्य बोहरा को नेतृत्वमा, लिसङ्खुपाखरमा नेपाल राष्ट्रिय शिक्षक संगठनबाट युगबहादुर श्रेष्ठ को नेतृत्वमा समिति गठन भएको छ । सुनकोसीमा एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट, बलेफिमा एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट कृष्ण प्रसाद तिमिल्सिना को नेतृत्वमा , जुगलमा नेपाल राष्ट्रिय शिक्षक संगठनबाट तुला बहादुर सिलवाल ,चौतारा साँगाचोकगढीमा एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट राजु पराजुलीको नेतृत्वमा गठन भएको छ । इन्द्रवतिमा नेपाल शिक्षक संघबाट कृष्ण प्रसाद श्रेष्ठ , मेलम्चीमा नेपाल राष्ट्रिय शिक्षक संगठनबाट शिव प्रसाद ढुंगाना , पाँचपोखरीमा एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट अजय धितालको नेतृत्वमा, हेलम्बुमा नेपाल राष्ट्रिय शिक्षक संगठनबाट यम बहादुर ज्योतिको नेतृत्वमा स्थानीय शिक्षक महासंघ गठन भएको छ ।