सम्पर्क

ब्रेकिङ न्युज २

प्रेस चौतारी नेपालको ‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ विषयक विचार गोष्ठी

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
चौतारा, असोज ३ गते । संविधान दिवस २०८२ को अवसरमा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको विचार गोष्ठीमा सहभागी वक्ताहरूले नेपालको संविधानको संरक्षण सबैको साझा दायित्व भएकोमा जोड दिएका छन् । ‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ शीर्षकमा चौतारामा सम्पन्न कार्यक्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधि, कानूनविद्, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले हालै देखिएका जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै अनावश्यक देवत्वकरण र दानवीकरण दुवै घातक हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान घाइते भएको छ, यसलाई जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।” प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले संविधानको रक्षाका लागि सही विचार र दृष्टिकोणको आवश्यकता औंल्याउँदै भन्नु...

गृह मन्त्रालययद्वारा सहायता कक्ष स्थापना

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ३ असोज : गृह मन्त्रालयले ‘जेनजी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण गर्नका लागि सहायता कक्षा स्थापना गरेको छ । आज मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले ‘जेनजी’ युवाहरूको आन्दोलनपछिको अवस्थामा जनताको समस्या र सुझाव सुन्नका लागि मन्त्रालयले उक्त सहायता कक्षा स्थापना गरेको जानकारी दिनुभयो । “जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाइल नम्बर ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अन...

भोटेकोसी सेयर वितरणको माग बेवास्ता, गाउँपालिका कार्यालयमै तोडफोड

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको भोटेकोसीमा स्थानीय र माथिल्लो भोटेकोसी पावर कम्पनीबीचको विवाद चर्किँदै गएको छ । ४६ मेगावाट क्षमताको यस हाइड्रोपावरले करिब दुई दशकअघि उत्पादन सुरु गरे पनि वाचा गरिएको सेयर स्थानीयले अझै नपाएपछि असन्तोष खुलेआम आन्दोलनमा परिणत भएको हो । करिब १० दिनदेखि पावरहाउस बन्द गरेर आन्दोलन गरिरहेका स्थानीयलाई संवादमा सहभागी नगराई कम्पनीले जनप्रतिनिधिसँग मात्र बैठक गरेको थाहा पाएपछि स्थिति थप तनावपूर्ण बनेको छ । बिहिबार आक्रोशित समूहले गाउँपालिका कार्यालयमा तोडफोड गर्दा दुई जना सामान्य घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार, ढुंगामुढासहितको घटनाक्रममा जनप्रतिनिधि र कम्पनीका अधिकारीहरू स्थानीयको रोषबाट जोगिन भाग्न बाध्य भएका थिए । स्थानीयको आरोप छ, विकासका नाममा ठूलो आशा देखाइए पनि प्रतिज्ञा पूरा नभएको वर्षौँको पीडा अब सहन नसक्ने अवस्थामा पुगेका छन् । उनीहरूको माग छ, “वाचा गरिएको सेयर ...

१८ वर्षपछि हरि खत्री परिवारसँग पुनर्मिलन बाह्रबिसे नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक, बाह्रबिसे–७ डाँडागाउँका हरि खत्रीको परिवारसँग पुनर्मिलन भएका छन् । ‘बिचारी’ उपनामले चिनिने खत्रीलाई सामाजिक अभियन्ता अर्जुन भुसालले परिवारसँग भेट गराउनुभएको हो । गरिबी र कठिन जीवनका कारण परिवार टुटेका खत्रीका छोराछोरी आश्रममा हुर्केका थिए । उहाँहरूले १८ वर्षपछि बाबुसँग भेट्ने अवसर पाउनुभएको छ । आर्थिक र सामाजिक कठिनाइ झेलिरहेका खत्रीलाई बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले घर निर्माण, तत्काल दुई लाख रुपैयाँ सहयोग, रोजगारीको व्यवस्था, खाद्यान्न तथा लत्ताकपडालगायतका सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यससँगै नागरिकता नहुँदा समस्या झेलिरहेका खत्रीका सन्तानलाई पनि नगरपालिका आफैंले नागरिकता उपलब्ध गराउने भएको छ ।...

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

ब्रेकिङ न्युज २, समाचार
नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गर्न लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बसपार्क, नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो । उक्त स्थानको यात्रु सहायता कक्ष भोलिदेखि सञ्चालनमा आउनेछ । “यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु ...

आज देशभर सार्वजनिक बिदा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, १ असोज : सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।” रासस...

‘जेनजी’ प्रदर्शनमा मृत्यु हुनेलाई सहिद घोषणा, सरकारद्वारा प्रतिपरिवार रु १० लाख क्षतिपूर्ति

ब्रेकिङ न्युज २, समाचार
सरकारले भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । साथै, मृतकका परिवारलाई प्रतिपरिवार रु १० लाख क्षतिपूर्ति दिने घोषणा गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयको घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, “मुख्य सचिवसँगको छलफलपछि प्रदर्शनमा ज्यान गुमाउने परिवारलाई आर्थिक क्षतिपूर्ति दिने निर्णयमा मैले हस्ताक्षर गरेकी छु ।” त्यसैगरी, सरकारका तर्फबाट घाइते भएकालाई उपचार खर्च उपलब्ध गराउने, मृतक परिवारलाई काठमाडौँमा बस्दा लाग्ने खर्च व्यहोर्ने तथा शवलाई स्थानीय तहसम्म पु–याउने व्यवस्था गर्ने निर्णय भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी ५९, कैदीबन्दी १० र सुरक्षाकर्मी तीन जना गरी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । १३४ जना प्रदर्शनका...

निडर स्वभाव र सरल जीवनशैलीको पर्याय हुनुहुन्छ नवनियुक्त प्रधानमन्त्री कार्की

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, २७ भदौ : पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राख्नुभएको छ । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रच्नुभएकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी प्रमुख बन्न सफल हुनुभएको हो ।  जेनजी समूहको आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाङ्क्षाबमोजिम राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो । प्रधानमन्त्री कार्कीको जन्म विसं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उहाँले महेन्द्र मोरङ कलेज विराटनगरबाट विसं २०२८ बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गर्नुभएको छ । विसं २०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी अधिवक्ताका रूपमा उहाँ...

राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षाअनुसार, राजनीतिक दल र सरोकारवालाको परामर्शमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो । नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले छ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उहाँलाई नियुक्त गरिएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायक...

संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
नेपाली काँग्रेस सँग आबद्ध तरुण युवा, विद्यार्थीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न र संविधानको रक्षाका लागि भन्दै काठमाडौं लगायत देशका विभिन्न स्थानमा प्रदर्शन शुरु गरेका छन् । तरुण, युवा र विद्यार्थीले बिहीबार बिहानै काकाठमाडौं चाहबेल लगाएतका क्षेत्रहरुमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले संविधानको रक्षा र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गरेका बताएका छन ।नेविसंघका नेता मनीषजंग थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक शून्यताले हजारौं नेपाली जनताको बलिदानीबाट प्राप्त लोकतान्त्रिक व्यवस्था र संविधान आज संकटमा परेको महसुस भइरहेको बताउँनु भएको छ । युवा नेता रामकुमार थापाका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गर्दै चाबहिलमा दबाबपूर्ण कार्यक्रम गरेको छ । सिन्धुपाल्चोक ,काभ्रे ,दोलखाका युवाहरुले सयुक्त रुपमा दबाब दिन भेला भएका थिए...