सम्पर्क

१८ वर्षपछि हरि खत्री परिवारसँग पुनर्मिलन बाह्रबिसे नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता

सिन्धुपाल्चोक, बाह्रबिसे–७ डाँडागाउँका हरि खत्रीको परिवारसँग पुनर्मिलन भएका छन् । ‘बिचारी’ उपनामले चिनिने खत्रीलाई सामाजिक अभियन्ता अर्जुन भुसालले परिवारसँग भेट गराउनुभएको हो ।

गरिबी र कठिन जीवनका कारण परिवार टुटेका खत्रीका छोराछोरी आश्रममा हुर्केका थिए । उहाँहरूले १८ वर्षपछि बाबुसँग भेट्ने अवसर पाउनुभएको छ ।
आर्थिक र सामाजिक कठिनाइ झेलिरहेका खत्रीलाई बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले घर निर्माण, तत्काल दुई लाख रुपैयाँ सहयोग, रोजगारीको व्यवस्था, खाद्यान्न तथा लत्ताकपडालगायतका सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यससँगै नागरिकता नहुँदा समस्या झेलिरहेका खत्रीका सन्तानलाई पनि नगरपालिका आफैंले नागरिकता उपलब्ध गराउने भएको छ ।