सम्पर्क

ब्रेकिङ न्युज २

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, २० असोजः बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसा...

भोली देखी सबै कार्यलय खुल्ने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाका सबै कार्यलय हरु सोमबार देखी खुल्ने भएका छन । १७ र १८ गते परेको पानीका कारण जन जिबन प्रभाबीत भइ सडकहरु समेत अबरुद्ध भए पछी गृह मन्त्रालयले१९ र २० गते बिपत बिदा दिएको थियो । १९गते मौषममा सुधार आए पछी २० गतेको बिदा कटौती गरिएको हो । गृह बाट प्राप्त निर्देशनअनुसार हाल जिल्लामा कुनै जटिल विपद् व्यवस्थापनको समस्या नरहेको भन्दै असोज १६ देखि १९ गतेसम्म रोकिएको सार्वजनिक सेवा अब नियमित रूपमा सञ्चालन हुने जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्लाभित्रका सबै कार्यालयलाई नागरिकसँग सम्बन्धित सेवामा अब ढिलाइ नगरी सुचारु गर्न निर्देशन दिनु भएको छ। प्रमुख जिल्ला अधिकारी बास्तोलाले बिहीबार जारी गर्नु भएको पत्रमा “विपद् जोखिम तथा प्रतिकार्यमा तत्कालीन संवेदनशीलताको कारण असोज १६ देखि केही समयका लागि रोकिएको सेवाहरू असोज २० गत...

बाढीपहिरोका कारण अधिकांश राजमार्गमा सडक अवरुद्ध

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १९ असोजः अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुग्न गई सवारी आवागमन अवरुद्ध भएको छ । मौसम क्रमशः खुल्दै गए पनि पृथ्वी लोकमार्गको जवाङखोला सडकमा माथिबाट पहिरो खस्न जाँदा पूर्णरुपमा बन्द भएको छभने उक्त सडकखण्डमा सवारी आवागमन होल्ड गरिएको छ । जोखिम हुनसक्ने भएकाले सरकारले लामो दूरीका सवारीसाधन र रातिको समयमा आवागमनलाई यही असोज २० गतेसम्मका लागि रोकेको थियो । आज मौसम खुलेको र बाढीपहिरोले अवरोध नभएका सडकमा सवारीसाधन खुलाउन पहल भइरहको छ । नेपाल प्रहरीको प्रधान कार्यालयमा सङ्कलित आज बिहान ९ः३० बजेसम्मको विवरणानुसार काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हँुदै जाने सडक खण्ड अर्काे आदेश नभएसम्मका लागि दुवै तर्फका सवारीसाधन होल्ड गरिएको छ । नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरो खसी एकतर्फी बाटो अवरोध भएको छ ।...

आजको मौषम सतर्क रहन सबैमा अनुरोध

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ।मौषम बिभाग का अनुसार आजआज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।आज रातीकोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, म...

त्रिपुराकोतौथलीमा दही जात्रा

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाँउपालिकाको तौथली बजारमा ’तौथली दही जात्रा’ मनाइएको छ ।त्रिपुरासुन्दरी मन्दिरअगाडि पूजा, नृत्य र दही छ्याप्ने अनौठो परम्परा सदियौँदेखि निरन्तर चल्दै आएको छ।बिशेष गरी देस बिदेसमा रहेका नेपाली दाजु भाइ तथा दिदी बहीनी लगाएत मानब जाती र दुध दिने गाई, भैंसी बाख्रा लगाएतकन पशु पन्छीहरुको समेत सुस्वास्थ्य र समृद्धिका कामनागर्दे मनाइने यो जात्रा देसमा नै एक मात्र जात्रा हो ।यो सिन्धुपााल्चोक जिल्लाको पुरानो र ऐतिहासिक नगरी मानिने त्रिपुरासुन्दरी गाउँपालिका– ५ तौथली बजारमा ’तौथली दही जात्रा’ मनाइएको हो । तौथलीमा जिल्लाभरबाट आएका वृद्धवृद्धादेखि युवासम्मले ठेकी र बाल्टीबाट अबिर मिसिएको दही निकाल्दै एकअर्कालाई छ्यापाछ्याप गरेर यो जात्रा मनाइएको हो ।स्थानीय अगुवा मोहन श्रेष्ठका अनुसार ‘जय जय ओम महादेवी ’ भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजाविधिसहित ल्याइएका) ६ ...

हराउँदै मौलिक संस्कृति, भेटिन छाडे दसैँमा लिङ्गे पिङ

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
ढोरपाटन (बागलुङ), १५ असोजः दसैँ पर्वसँग लिङ्गेपिङको नजिकको साइनो छ । पहिले पहिले दसैँका बेला गाउँ, सहर जताततै लिङ्गेपिङ बनाइन्थ्यो । अझ गाउँकाडाँडा र चौतारामा त झन् एकै ठाउँमा धेरै पिङ हुन्थ्ये । तर पछिल्लो समय गाउँमा एउटा पनि लिङ्गेपिङ भेट्याउन मुस्किल पर्छ । बाँसका बाला र बाबियोको लठारो बाटेर बनाइएको पिङमा बालबालिकादेखि वृद्धवृद्धासम्म मच्चीमच्ची खेल्ने पिङ नहुँदा दसैँ अल्ली खल्लो जस्तो हुन थालेको बुढापाका बताउँछन् । चौतारामा बनेका पिङ वर्षौँदेखि छुटिएका गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा हुने माध्यम बन्थ्यो । अहिले ती डाँडा र चौतारा सुनसान छन् । पहिले पिङका बला गाडेका डोब पनि पुरिइसकेका छन् । अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भिरको बाबियो पनि प्रयोग हुन छाडेको छ । कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन् । गाउँमा पिङका लागि लठारो बाट्ने सीप भएका पनि...

आजको मौसम : मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काठमाडौँ, १४ असोज : हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी...

आज घर घरमा फूलपाती भित्र्याइँदै

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ असोज : प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी...

वडा स्तरिय अध्यक्षकप पुरुष भलिबलको उपाधि भुमेस्थान आधारभुतलाई

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
दोस्रो मेलम्ची -१० वडा स्तरिय अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधि भुमेस्थान आधारभुत विद्यालयले जितेको छ ।सितलादेवी माबिमा आज सम्पन्न फाइनलमा काफ्लेखोला युवा क्लबलाई ३-० को सेटमा पराजित गर्दै भुमेस्थानले लगातार दोस्रो बर्ष पनि उपाधि जितेको हो । प्रतियोगितामा वडाका ७ टिम सहभागी रहेका थिए ।बिजेतालाई मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष अमृत खनाल लगायतले पुरस्कार प्रदान गर्नुभयो ।कलाकारहरु प्रतिमा अर्याल, प्रदिप रोक्का, निमेश दाहाल लगायतको प्रस्तुति समेत रहने कार्यक्रम संयोजक प्रल्हाद ढुंगेलले जानकारी दिनुभयो ।पहिलोले २५ दोस्रोले २० र तेस्रो नबज्योतिले १५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ ।...

दुर्घटनाका घाइतेलाइ निशुल्क उपचार गर्न नगर प्रमुख आइतमानद्धारा निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकामा सवारी दुर्घटना भएको छ । काठमाडौंबाट सिन्धुपाल्चोकको हेलम्बु–३ पाल्चोकतर्फ गइरहेको यात्रुबाहक बस (बा ३ ख ९३०८)आइतबार बिहान मेलमच् नगर पालिकाको १३ नं वडा कार्यलय नजीकै फटकसिलामा दुर्घटना परेको हो । दुघृटना भएको जानकारी पाउँने बित्तीक्कै मेलम्ची नगर प्रमुख आइतमान तामाङले गहिरो चासो व्यक्त गर्नुभएको छ।दुर्घटनापछि घाइते यात्रुहरूको स्वास्थ्य अवस्था बुझ्न स्वयं अस्पतालमा पुग्नुभएका प्रमुख तामाङले सबै घाइतेलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै सान्त्वना प्रदान गर्नु भएको छ। उहाँले घाइतेहरूको उपचारमा कुनै कमी नहोस् भनी मेलम्ची नगर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन समेत दिनुभएको नगर प्रमुख सचिवालयका मानकाजी पाख्रनि ले जानकारी दिनु भयो । नगर प्रमुख तामाङले दुर्घटनामा परेका नागरिक प्रति सहानुभूति प्रकट गर्दै यस्ता घटनाबाट भविष्यमा ...