सम्पर्क

ब्रेकिङ न्युज २

आफै शोकमा परेर पनी जनताको काम गर्दै उपप्रमुख तामाङ

आफै शोकमा परेर पनी जनताको काम गर्दै उपप्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिकाका उप प्रमुख मन्जु तामाङलाइ पारिबारिक शोक परेको छ । यो अबस्थामा पनी नागरिकको काम रोकीएला भनेर नागरिकलाइ सेवा दिन लागी पर्नु भएको छ । ७९बर्षीय जगत बहादुर तामाङ उपप्रमुखको बाजे ससुरा हिजो शनीबार स्वर्गीय हुनु भएको हो । उप प्रमुख तामाङले घरमा बाजे बित्नु भयो उँहाको शोक परिराद्यया छ तर पनी जेष्ठ नागरिक असाय अपाङ्खता भउका ब्यक्तीहरु सामाजीक सुरक्षा भत्ता देखी हरेक काममा नभइ नहुने राष्ट्रिय परिचय पत्र बितरण गरिने काम पहीले नै तय भइ सकेकोले जनताको काममा नै लागी परेको बताउँनु भयो । उँहाले आफुलाइ परेको समस्या भनेको ब्यक्तीगत हो तर यो समस्या भनेको समाजको हो त्यसैले सामाजीक काममा नै पहीलो प्राथमिकता भनेर आफु ले परिचय पत्र बितरणमा सहभागी भएकाचे बताउँनु भयो । आज आइतबार बाह्र्बिसे नगरपालिकाको वडा नं ८ मानेश्वारामा परिचय पत्र बितरण भइ रहेको छ ।  ...

शैक्षिक सुधारको लागि सरोकारवाला पक्षहरूको भूमिका”

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
१. भूमिका शिक्षा मानव सभ्यताको मेरुदण्ड हो। शिक्षा बिना व्यक्ति चेतनशील हुँदैन, समाज अनुशासित हुँदैन र राष्ट्र समुन्नत बन्न सक्दैन। शिक्षा नै मानव जीवनलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने शक्ति हो। आजको विश्व ज्ञान, सीप, प्रविधि र प्रतिस्पर्धामा आधारित बन्दै गएको छ। यस्तो अवस्थामा गुणस्तरीय शिक्षा राष्ट्रको अस्तित्व र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय बनेको छ। नेपालको शैक्षिक इतिहास हेर्दा विगत केही दशकमा शिक्षामा पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखिन्छ। विद्यालयको संख्या बढेको छ, साक्षरता दर उकासिएको छ, उच्च शिक्षामा पहुँच बढेको छ। तर, गुणस्तर, व्यवहारिकता, समानता र नतिजामुखी शिक्षामा अझै चुनौतीहरू विद्यमान छन्। विद्यार्थीको सिकाइ उपलब्धि अपेक्षाअनुसार नभएको, बेरोजगार उत्पादन हुने, शिक्षा र जीवनबीच दूरी बढेको जस्ता समस्या देखिन्छन्। शैक्षिक सुधार कुनै एकपटक गरिने कार्यक्रम होइन, य...
झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
 झुल्केघाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्चीको १३औं बार्षिक साधारण सभा मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्य एवम् संस्थाका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले सहकारी भनेको केवल बचत र ऋणको कारोबार मात्र नभएर आपसी विश्वास, सहकार्य, पारदर्शिता र सामूहिक समृद्धिको माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले सहकारीलाई मूल्यमान्यता, सिद्धान्त र नियमभित्र रहेर सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । सहकारीको दीर्घकालीन सफलता यसको सुशासन, जवाफदेहिता र पारदर्शितामै निर्भर हुने भन्दै संस्थाको अस्तित्व, विश्वसनीयता र व्यवस्थित सञ्चालनका लागि सबैजना एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उपप्रमुख प्रधानले सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूलाई मध्यनजर गर्दै उद्देश्य मि...

एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ ः नैनसिंह महर

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौं— नेपाली कांग्रेस १५ औं महाधिवेशनमा महामन्त्रीका सशक्त उम्मेदवार घोषणा गर्नु भएका नैनसिंह महरले विश्वविद्यालयबाट दिक्षित हुँदै गर्दा विद्यार्थीको हातमा एकातिर प्रमाणपत्र र अर्कोतिर पासपोर्ट हुने बाध्यताको अन्त्य अब यही पुस्ताको पालामा हुनु पर्ने भन्दै त्यसका लागी सबै मिलेर पहल गर्न पर्ने बताउँनु भएको छ । नेपाल अध्यापक सङ्घको ऐतिहासिक प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता महरले शैक्षिक संस्थाहरूमा ताला लगाएर समृद्धिको ढोका खुल्दैन यसका लागी सम्बाद र छलफलबाट मात्र सम्भब हुँन्छ भन्नु भयो । ‘आज विद्यार्थीको हातमा ’डिग्री’ मात्र होइन, देशको ’डाडु–पन्यु’ सुम्पने हिम्मत हामीले गर्नुपर्छ,’ त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहलाई जोड्दैे, ‘विश्वविद्यालयबाट निस्कँदै गर्दा प्रमाणपत्रसँगै रोजगारीको सुनिश्चितता हुनुपर्छ।’ भन्नु भयो । संसारका उत्कृष्ट ५०० भित्र नेपालका कुनै पनि विश्वविद्याल...

“SEE २०८२ मा सहभागी विद्यार्थीहरुले शैक्षिक सुधारको लागि ध्यान पुर्‍याउनुपर्ने पक्षहरु”

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
माध्यमिक शिक्षा परीक्षा (SEE) नेपालको विद्यालय शिक्षाको एक महत्वपूर्ण खुड्किलो हो। यो परीक्षा केवल कक्षा १० को अन्त्य मात्र होइन, विद्यार्थीको शैक्षिक यात्रा, अनुशासन, क्षमता र भविष्यको दिशानिर्देशन गर्ने आधार समेत हो। SEE २०८२ मा सहभागी विद्यार्थीहरुले आफूलाई सफल मात्र होइन, समग्र शैक्षिक सुधारको संवाहकको रूपमा पनि स्थापित गर्नुपर्ने आवश्यकता छ। यसका लागि विद्यार्थीहरुले केही महत्वपूर्ण पक्षहरुमा विशेष ध्यान पुर्‍याउनु अत्यावश्यक छ। १. नियमित अध्ययन र समय व्यवस्थापन शैक्षिक सुधारको पहिलो आधार नियमित अध्ययन हो। SEE मा सहभागी विद्यार्थीहरुले परीक्षा नजिकिँदा मात्र पढ्ने बानी त्यागी दैनिक अध्ययनलाई जीवनशैलीको रूपमा विकास गर्नुपर्छ। समय व्यवस्थापनले पढाइलाई व्यवस्थित बनाउँछ। विषयअनुसार समय छुट्याउने, कठिन विषयलाई बढी समय दिने र पुनरावृत्तिका लागि निश्चित समय तोक्ने अभ्यासले अध्ययन प्रभावकार...

प्रतिनिधिसभा निर्वाचन: नेकपाबाट सिन्धुपाल्चोक क्षेत्र नं. १ मा सापकोटा, क्षेत्र नं. २ मा दुलाल सिफारिस

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले दुवै निर्वाचन क्षेत्रमा युवा नेतृत्वलाई अघि बढाउने निर्णय गरेको छ । पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट माधव सापकोटा र क्षेत्र नम्बर २ बाट युवराज दुलाललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस भएका माधव सापकोटा यसअघि पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका अनुभवी नेता हुनुहुन्छ । उहाँले संसदमा रहँदा जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको थियो । स्थानीय तहका समस्या, विकासका आवश्यकता तथा जनजीविकासँग जोडिएका सवालहरूलाई राष्ट्रिय बहसमा ल्याउने भूमिकामा उहाँ सक्रिय रहँदै आउनुभएको छ । यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बसेको जिल्ला समन्वय समितिको उम्मेदवार सिफारिस बैठकले युवराज दुलाललाई प्रत्यक्षतर्फ...

जरायटार सानाकिसान कृषि सहकारीको ५औँ साधारणसभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची–११ स्थित जरायटार सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शिवप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य तथा मेलम्ची–११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, प्रदेश कृषि सहकारी संघका सचिव तथा जिल्ला कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईं, सचिव रामशरण गिरिलगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथि आइतमान तामाङले सहकारीलाई नीतिगत रूपमा सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेलम्ची ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले सहकारीबाट ऋण लिने सदस्यहरूले समयमै ऋण तिर्ने हो भने सहकारी संस्थाहरू समस्यामा नपर्ने भन्दै यस विषयमा सबैले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी जिल्ला कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईंले सदस्यहरूले बीमा तथा बचतलाई प्रा...
काठमाडौँको तापक्रम आज यस वर्षकै कम

काठमाडौँको तापक्रम आज यस वर्षकै कम

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ,  पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौँ उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौँको तापक्रम आज यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ । हिजो छ दशमलव आठ न्यूनतम तापक्रम रहेकामा आज घटेर चार दशमलव नौ डिग्रीमा झरेको छ । यो अभिलेख काठमाडौँको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उहाँले बताउनुभयो । गत मङ्सिर २८ गते काठमाडौँको न्यूनतम तापक्रम पाँच डिग्रीमा झरेको थियो । उहाँका अनुसार आज देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ । हिमाली क्...

( ज्ञानबहादुर तामाङकोऔपचारिक जीवनी)

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
शिक्षा कुनै पनि राष्ट्रको समग्र विकासको मेरुदण्ड हो। शिक्षाको गुणस्तर, पहुँच र प्रभावकारिता धेरै हदसम्म शिक्षकको समर्पण, नेतृत्व र दृष्टिकोणमा निर्भर गर्दछ। शिक्षक केवल पाठ्यपुस्तकको ज्ञान दिने व्यक्ति होइन, ऊ समाजको चेतनाको संवाहक, संस्कारको रोपणकर्ता र भविष्यको निर्माता हो। यही आदर्शलाई आफ्नो जीवनको मूल दर्शन बनाउँदै शिक्षा क्षेत्रमा निरन्तर समर्पित व्यक्तित्व हुन्—Gyan Bahadur Tamang(ज्ञान बहादुर तामाङ)। उहाँ हाल श्री गोल्मादेवी माध्यमिक विद्यालय, जितपुर सिन्धुपाल्चोकका प्रधानाध्यापकका रूपमा कार्यरत रहनु भएको छ। १. जन्म तथा पारिवारिक पृष्ठभूमि ज्ञान बहादुर तामाङको जन्म वि.सं. २०३५ साल पौष ७ गते शुक्रबार भएको हो। उहाँका पिता चन्द्रबहादुर तामाङ र माता कान्छीमाया तामाङ हुनुहुन्छ। साधारण, श्रमशील र संस्कारयुक्त परिवारमा जन्मनु भएका तामाङले बाल्यकालदेखि नै इमानदारी, अनुशासन, परिश्रम र जिम्...
लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण

लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
लाभगाउँ मेलम्ची नगरपालिका वडा नम्बर ८ स्थीत लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । कान्छीमाया तामाङ फाउन्डेसनका प्रोप्राइटर डा. दिलबहादुर थोकरको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयका ३० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो । कार्यक्रमसँगै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको छ ।यस्तै, कार्यक्रमको अवसरमा समाजसेवी लाफिङ बुद्ध गुरु शेरबहादुर तामाङले पनि बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्नुभएको थियो । सिन्धु स्पाइडर युवा क्लबका अध्यक्ष अरुण तामाङ र गायक सुक्री दोङ लगायत काठमाडौमा बसोबार गर्ने वडाका समाजसेवीहरुको पहल तथा ब्यवस्थापनमा भएको उक्त कार्यक्रममा बिद्यालयले सहयोगीहरूलाई सम्मानपत्रसमेत वितरण गरेक...