काठमाडौं— नेपाली कांग्रेस १५ औं महाधिवेशनमा महामन्त्रीका सशक्त उम्मेदवार घोषणा गर्नु भएका नैनसिंह महरले विश्वविद्यालयबाट दिक्षित हुँदै गर्दा विद्यार्थीको हातमा एकातिर प्रमाणपत्र र अर्कोतिर पासपोर्ट हुने बाध्यताको अन्त्य अब यही पुस्ताको पालामा हुनु पर्ने भन्दै त्यसका लागी सबै मिलेर पहल गर्न पर्ने बताउँनु भएको छ ।
नेपाल अध्यापक सङ्घको ऐतिहासिक प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता महरले शैक्षिक संस्थाहरूमा ताला लगाएर समृद्धिको ढोका खुल्दैन यसका लागी सम्बाद र छलफलबाट मात्र सम्भब हुँन्छ भन्नु भयो । ‘आज विद्यार्थीको हातमा ’डिग्री’ मात्र होइन, देशको ’डाडु–पन्यु’ सुम्पने हिम्मत हामीले गर्नुपर्छ,’ त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहलाई जोड्दैे, ‘विश्वविद्यालयबाट निस्कँदै गर्दा प्रमाणपत्रसँगै रोजगारीको सुनिश्चितता हुनुपर्छ।’ भन्नु भयो । संसारका उत्कृष्ट ५०० भित्र नेपालका कुनै पनि विश्वविद्यालय नपर्नु दुःखद् भएको उल्लेख गर्दै महराले अब ’ठूला भवन’ भन्दा ’ठूला भिजन’ भएका विश्वविद्यालयको आवश्यकता भएको बताउँनु भयो । नेपालसँग सगरमाथा, लुम्बिनी र दुर्लभ संस्कृति भएकाले नेपाललाई ‘शिक्षाको अन्तर्राष्ट्रिय हब’ बनाउन सकिने प्रशस्त आधार भएको भन्दै महराले ‘हिराको सिरानी हालेर कोइलाको व्यापार गर्ने शैली बदलिनुपर्छ,’ ‘संसारका विद्यार्थीले गुगलमा ‘शिक्षा कहाँ पढ्ने?’ भन्दा नतिजामा ‘नेपाल’ आउने वातावरण बनाउनुपर्छ।’ भन्नु भयो ।नेता महरले ‘स्वदेशमा टोक्ने र विदेशमा बिक्ने’ व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै नेपालीको डिग्री विज्ञ बन्नका लागि काम लाग्नुपर्ने धारणा राख्दै नेपाली कांग्रेस अर्को चुनावको लागि नभई अर्को पुस्ताको भविष्यका लागि शिक्षा नीति निर्माणमा जुटेको बताउँनु भयो । त्रिबिस्मृती भवन किर्तीपुरमा नेपाल अध्यापक सङ्घको ऐतिहासिक प्रथम महाधिवेशन भइरहेको छ सोही महाधिबेशनलाइ सम्बोधन गर्ने क्रममा उँहाले यस्तो बताउँनु भएको हो ।
