सम्पर्क

ब्रेकिङ न्युज २

तातोपानीमा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
भोटेकोशी गाउँपालिका वडा नम्बर २ को तातोपानी आधारभूत विद्यालयमा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिकाको सहयोग र लोकप्रिय नेत्रज्योती सञ्चार समूहको आयोजनामा बुधवार वडा नम्बर २ र ३ को सँयुक्त रुपमा भएको कार्यक्रमको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको सँयोजक दाबुटी शेर्पाले उद्धघाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शेर्पाले महिला विरुद्धको हिंसा संरचनात्मक विभेदको परिणाम भएको बताउनुभयो । उहाँले यस विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेको पितृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य गरिनु अपरिहार्य रहेको बताउनुभयो । लैङ्गिक समानता, महिलाको आफ्नो शरिमाथिको निर्णय र अधिकारको सुनिश्चितता नहुँदासम्म महिलाहरू स्वतन्त्र र मर्यादित भएर आफ्नो जीवनयापन गर्नबाट वञ्चित रहने बताउँदै उपाध्यक्ष शेर्पाले संवैधानिक र का...

मेलम्चीमा १२ वटा डोजर परिचालित, ठूला ढुँगा फुटाउन सेनासँग अनुमति लिइँदै

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची खानेपानी आयोजनाबाट अस्थायी रुपमा भए पनि उपत्यकामा खानेपानी ल्याउने काम अघि बढेको छ । मेलम्ची नदीको मुहान सफाइका क्रममा ठूला ढुङगा भेटिएपछि आयोजनाले नेपाली सेनालाई विष्फोटक पदार्थ उपलब्ध गराउन अनुमति माग्ने तयारी थालेको छ । मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माणको काम पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएपछि हाल मुहान सफाइको काम शुरुभएको छ । आयोजनाले फागुन दोस्रो सातासम्म मुहान सफाइको काम सम्पन्न गरी चैत अन्तिमसम्ममा अस्थायी रुपमा काठमाडौं उपत्यकामा पानी ल्याउने लक्ष्य राखेको मेलम्ची खानेपानी विकास समिति प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । हाल मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा ट्रिपरले काम धमाधम अघि बढाएको पन्तले जानकारी दिनुभयो । मुहान सफाइमा माथिल्लो तहमा गिटीवालुवा मात्र भेटिए पनि तल्लो तहमा ठुलाठुला ढुङ्गा भेटिएपछि ब्रेकर प्रयोग गरी फु...

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा

ब्रेकिङ न्युज २, राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । मँगलबार हेटौंडा पुगेर पूर्वअध्यक्ष थापाले भारी मन तथा पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको बताउनुभएको हो । ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु’, पूर्वउपप्रधानमन्त्री थापाले विज्ञप्तिमा लेख्नुभएको छ । थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी राजनीतिक जीवन पार्टीभित्रै बिताउने र रमाउने चाहना सफल नभएको उल्लेख गर्नुभएको छ । पार्टीमा आफ्नो कुराको सुनुवाइ नभएपछि अप्रिय निर्णय गर्न बाध्य भएको उहाँको भनाइ छ । ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए ...

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी गाउँपालिका वडा नम्बर १ ठोकर्पा जामूनेमा पहरी समाज युवा क्लवको पहलमा बाल शिक्षा आधारभूत विद्यालयमा अध्यÞयन गर्ने र आर्थिक अवस्था कमजोर भएका २८ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । शैक्षिक सामग्री सहयोग भने समाजसेवी नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि प्रेम लामा , समाजसेवी युवा नेता प्रकाश न्यौपाने , समाजसेवी युवा नेता कुमार शाहीले गर्नुभएको हो । विद्यार्थीले सहज शिक्षा आर्जन गर्न सकून् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरेको दाता लामाले बताउनुभयो ।...

विभिन्न माग लिएर पाँचपोखरीका जनप्रतिनिधिहरु सिंहदरवारमा

ब्रेकिङ न्युज २, समाचार
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका जनप्रतिनिधिहरुले राष्ट्रिय विपद व्यवस्थापन कार्यालय र राष्ट्रिय विपद जोखिम प्रधिकरण कार्यालय सिंहदरवारमा पुगेर आफ्ना समस्याहरु राखेका छन् । गाउँपालिकाको अध्यक्ष टासी लामा (ह्योल्मो)को नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार पोखरेल सहित ८ वटै वडाकधा अध्यक्षहरुले सिंहदरबार राष्ट्रिय विपद व्यवस्थापन कार्यालय र राष्ट्रिय विपद जोखिम प्रधिकरण कार्यालय पुगेर विभिन्न माग राख्नुभएको छ । उहाँहरुले २०७२ सालको भुकम्पले निजि अवास पूर्णरूपमा क्षती भइ गाउँपालिका भित्र लाभग्राही कायम हुन बाँकी घरधुरी लाभगा्रही कायम गर्न र इन्द्रावती नदि र याग्री लार्के बाढीका कारण क्षति पुगेको निजी आवासलाई पुनः निर्माण गर्नको निम्ति दवाव दिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।...

गृहमन्त्रीद्वारा मेलम्ची खोलाको पुल उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गर्नुभएको छ । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो । करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन छ । बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेर्होदै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौँलगायतका स्थानमा जान सजिलो भएको छ । बाढीले रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्...

रेडक्रसद्धारा कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने

ब्रेकिङ न्युज २, स्वास्थ्य
नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोक शाखाले जिल्लामा कोरोना सँक्रमित भएकाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । रेडक्रसले कोभिड — १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य सामाग्री वितरण गर्ने भएको कार्यक्रमका ब्यवसायीक स्वयमसेवक भरतप्रसाद कोईरालाले जानकारी दिनुभयो । उक्त सामाग्री कोरोना सँक्रमितलाई हस्तान्तरित गरिने समेत कोईरालाले बताउनुभयो । यसअघिपनी रेडक्रस सिन्धुपाल्चोकले कोभिड — १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत कोरोना रोकथाम तथा नियन्त्रण, स्वास्थ्य खानेपानी तथा सरसफाइ स्वच्छवता कार्यक्रम, स्वास्थ्य तथा स्वच्छताका लागि जोखिम सञ्चार, सामुदायिक संलग्नता र जवाफदेहिता कार्यक्रम, समुदायमा आधारित निगारानी तथा केस सर्बेक्षण खोजपड्ताल कार्यक्रम,कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समुदाय स्तरमा खानेपानी,सरसफाइ तथा स्वच्छवता कार्यक्रम,मानसिक स्...

राप्रपा सुनकोशी गाउँपालिकाको पार्टी कार्यालय उद्धाटन

ब्रेकिङ न्युज २, राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले सुनकोशी गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गरेको छ । केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यालय उद्धघाटन कार्यक्रममा केन्द्रीय सदस्य यष्मीन ढुगाँनाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्रपा सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापा , २ नम्बर क्षेत्रीय अध्यक्ष रामेश्वर खड्का , चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र थापा , राप्रपाको पूर्व केन्द्रीय सदस्य जितबहादुर भारती लगायतको सहभागिता रहेको थियो । कार्यालय उद्धघाटनकै अवसर पारेर जिल्ला अध्यक्ष थापाले सुनकोशी गाउँपालिका अध्यक्ष देवीप्रसाद न्यौपानेलाई नगद २५ हजार हस्तान्तरण समेत गर्नुभएको छ ।...

छाप र लेटरप्याडमा एकरुपता दिँदै बागमती सरकार

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेश सरकारले आफू अन्तर्गतका मन्त्रालय, निकाय र कार्यालयको छाप तथा लेटर प्याडमा एकरुपता कायम गराउने भएको छ । प्रदेश सरकारले माघ १७ गते राजपत्रमा सूचना प्रकाशन गरी सबै निकायमा छाप र लेटर प्याडको एक रुपता कायम गर्ने गरी मापदण्ड तोकेको हो । यस अघि प्रदेशका विभिन्न निकायबाट हुने काममा छाप र लेटर प्याड एकरुपता नभएको पाइएपछि यस्तो निर्णय गरिएको वागमती प्रदेश सरकारका सचिव रुद्र सिंह तामाङले जानकारी दिनुभयो । बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेको छ । लेटर प्याडमा नेपालीमा कालिमाटी फन्ट बोल्ड गर्ने, लेटर प्याडको माथिल्लोमा देखिने बागमती प्रदेश फन्टको साइज १६ र त्यसपछिको मन्त्रालयको नामको फन्ट २४ मा हुनुपर्ने, अन्य सम्बन्धित ठेगानाको फन्ट साइज १४ हुनुपर्ने, चलानी नम्बर र मितिको फन्ट ११ हुनुपर्ने र अन्तिममा फोन नम्बर, इमेल ठेगानाहरुको फन्ट साइज १...

गहुँ पसाउने बेला पनि मलको अभाव, उत्पादन घट्ने किसानको चिन्ता

ब्रेकिङ न्युज २, समाचार
गहुँ पसाउने बेला किसानले मलको अभाव खेप्नुपरेको छ । गहुँको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि किसान चिन्तामा परेका छन् । अहिले एक लाख ३० हजार टन रासायनिक मलको माग छ । तर सरकारी गोदाम रित्तै छन् । चालु आर्थिक वर्षका लागि तीन लाख ९ हजार टन मल खरिदको स्वीकृति भए पनि मल आउने टुङ्गो छैन । कृषि मन्त्री महिन्द्र राय यादवले यसअघि जीटूजी प्रक्रियाबाट मल ल्याउन पहल भइरहेको बताए पनि प्रक्रिया अगाडि बढेको छैन । यसअघि गहुँ छर्ने बेलामा समेत मल नभएपछि किसानले त्यत्तिकै गहुँ छरेका थिए । तर अहिले बाला पसाउने बेला पनि मलको अभाव कायमै छ । दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्छन् । तर कम्पनीमै मल नभएपछि सहकारीमा मल छैन । मल आपूर्तिमा समस्या भएपछि चैते धानमा समेत रासायनिक मल अभाव हुने निश्चित छ । अन्तर्राष्ट्रिय बजारमै म...