राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले सुनकोशी गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गरेको छ ।
केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यालय उद्धघाटन कार्यक्रममा केन्द्रीय सदस्य यष्मीन ढुगाँनाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्रपा सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापा , २ नम्बर क्षेत्रीय अध्यक्ष रामेश्वर खड्का , चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र थापा , राप्रपाको पूर्व केन्द्रीय सदस्य जितबहादुर भारती लगायतको सहभागिता रहेको थियो ।
कार्यालय उद्धघाटनकै अवसर पारेर जिल्ला अध्यक्ष थापाले सुनकोशी गाउँपालिका अध्यक्ष देवीप्रसाद न्यौपानेलाई नगद २५ हजार हस्तान्तरण समेत गर्नुभएको छ ।
