सम्पर्क

हिमपातले जनजिवन कष्टकर

सिन्धुपाल्चोकको उच्च हिमाली भू—भागमा भारीमात्रामा हिमपात हुँदा जनजिवन कष्टकर बनेको छ ।
बिहिवारदेखी लगातार पानीले हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै उच्च हिमालय क्षेत्र पाँचपोखरी, ओखरेनी, हेलम्बु, मुडेमा हिमपातले जनजिवन प्रभावित भएको छ ।
चिसो बढेसँगै जिल्लाका स्थानियबासी घरबाहिर निस्कन सकेका छैनन् भने कृषकहरु भने हिमपात र वर्षा भएपछि अन्नबालि सप्रेन भो भन्दै खुसी भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, शेर्माथाङ सहित सो गाउँपालिकाका अधिकाँश उच्च क्षेत्र हिउँले ढाकिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।