

जनताको घरदैलोमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्यका साथ मद्धत नेपालको सहयोग र नेपाली काँग्रेस सिन्धुपाल्चोकका सचिव झलक नेपालको पहलमा चौतारा नगरपालिकाको सवै वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
आज चौतारा साँगाचोकगडी नगरपालिका वडा न.२ सविक बतासे भोटेफुल्पिङ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा १ सय ५० ले सेवा लिएको जिल्ला सचिव नेपालले जानकारी दिनुभयो । सचिव नेपालले अत्यासलाग्दो चिसो, भारी वर्षा र हिमपातको प्रवाह नगरी जनताको सेवा घरदैलोमै गई जनताको स्वास्थ्य उपचारमा खटिनु हुने डा. टाशी शेर्पा लगायतको स्वास्थ्यकर्मी टिमको कामले आफुहरु सधै ऋणी रहको बताउनुभयो ।
बृद्ध, बालवालिका , असहाय लगायतका उपचारका लागी गाउँ पसेको मद्धत नेपालले हालसम्म एक हजार ४ सयको निशुल्क उपचार गरिसकेको छ । ग्रामिण भेगका दुःखी ,पिडीत कोभिडलाई लक्षित गरी सानो रोग लाग्दा पनि अस्पतालबाट बञ्चित हुनुभएका र सिटामोलसमेत खानबाट बञ्चित भएकाहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको सचिव नेपालले बताउनुभयो ।
