सम्पर्क

रेडक्रसद्धारा कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने


नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोक शाखाले जिल्लामा कोरोना सँक्रमित भएकाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ ।
रेडक्रसले कोभिड — १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य सामाग्री वितरण गर्ने भएको कार्यक्रमका ब्यवसायीक स्वयमसेवक भरतप्रसाद कोईरालाले जानकारी दिनुभयो । उक्त सामाग्री कोरोना सँक्रमितलाई हस्तान्तरित गरिने समेत कोईरालाले बताउनुभयो ।
यसअघिपनी रेडक्रस सिन्धुपाल्चोकले कोभिड — १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत कोरोना रोकथाम तथा नियन्त्रण, स्वास्थ्य खानेपानी तथा सरसफाइ स्वच्छवता कार्यक्रम, स्वास्थ्य तथा स्वच्छताका लागि जोखिम सञ्चार, सामुदायिक संलग्नता र जवाफदेहिता कार्यक्रम, समुदायमा आधारित निगारानी तथा केस सर्बेक्षण खोजपड्ताल कार्यक्रम,कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समुदाय स्तरमा खानेपानी,सरसफाइ तथा स्वच्छवता कार्यक्रम,मानसिक स्वास्थ्य तथा मनोसामाजिक परार्मश कार्यक्रम,कोभिड–१९ बाट प्रभावितका लागि एम्बुलेन्स सेवा, सामुदायिक स्वास्थ्य तथा अत्यावश्यक स्वास्थ्य सेवाको पहुँचलाई व्यवस्थित गर्न पहल र स्वयंसेवकको दक्षता अभिबृद्धिमा सहयोग गर्ने गतिविधि सञ्चालन गर्दै आईरहेको छ ।