सम्पर्क

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सुनकोशी गाउँपालिका वडा नम्बर १ ठोकर्पा जामूनेमा पहरी समाज युवा क्लवको पहलमा बाल शिक्षा आधारभूत विद्यालयमा अध्यÞयन गर्ने र आर्थिक अवस्था कमजोर भएका २८ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
शैक्षिक सामग्री सहयोग भने समाजसेवी नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि प्रेम लामा , समाजसेवी युवा नेता प्रकाश न्यौपाने , समाजसेवी युवा नेता कुमार शाहीले गर्नुभएको हो । विद्यार्थीले सहज शिक्षा आर्जन गर्न सकून् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरेको दाता लामाले बताउनुभयो ।