सम्पर्क

अन्दाधुन्द खुकुरी प्रहार गरी दुईजनाको हत्या

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्दाधुन्द खुकुरी प्रहार गरी दुईजनाको हत्या भएको छ । आइतबार साँझ चिम्लिङका बिजय तामाङले मापसे सेवन गरि दुईजनाको हत्या गर्नुभएको हो । सोही ठाउँका वर्ष ७० का बासु माया तामाङ र बर्ष ५९ को सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ढुङगा र बासको चिरपट सहित जँगलमा लुकिरहेको अबस्थामा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।