पाँचपोखरी थाङ्पाल गाउँपालिकाका जनप्रतिनिधिहरुले राष्ट्रिय विपद व्यवस्थापन कार्यालय र राष्ट्रिय विपद जोखिम प्रधिकरण कार्यालय सिंहदरवारमा पुगेर आफ्ना समस्याहरु राखेका छन् ।
गाउँपालिकाको अध्यक्ष टासी लामा (ह्योल्मो)को नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार पोखरेल सहित ८ वटै वडाकधा अध्यक्षहरुले सिंहदरबार राष्ट्रिय विपद व्यवस्थापन कार्यालय र राष्ट्रिय विपद जोखिम प्रधिकरण कार्यालय पुगेर विभिन्न माग राख्नुभएको छ । उहाँहरुले २०७२ सालको भुकम्पले निजि अवास पूर्णरूपमा क्षती भइ गाउँपालिका भित्र लाभग्राही कायम हुन बाँकी घरधुरी लाभगा्रही कायम गर्न र इन्द्रावती नदि र याग्री लार्के बाढीका कारण क्षति पुगेको निजी आवासलाई पुनः निर्माण गर्नको निम्ति दवाव दिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।
