सम्पर्क

लोकप्रिय नेत्रज्योती सञ्चार समूहको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गतको कुराकानीमा जुगल गाउँपालिका, सिन्धुपाल्चोककी उपाध्यक्ष सिर्जना तामाङ हुनुहुन्छ । प्रस्तुत छ, उपाध्यक्ष तामाङसँग गरिएको कुराकानीको सम्पादित अंशः

१) आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
अहिले कोभिडका कारण सबै अस्वस्थ छौं । कार्यालय बन्द छ । भिडभाड गरेर काम गर्ने अवस्था छैन, फिल्डमा गएर काम गर्न सक्ने अवस्था पनि छैन । यद्यपि, नियमित गर्नुपर्ने कामहरू गरिरहेका छौं ।
२ ) जनप्रतिनिधि भएर काम गर्दाको अनुभव कस्तो रह्यो ?
देशमा संघीयता आइसकेपछि मैले यो अवसर पाएँ । गाउँपालिका उपाध्यक्ष भएर काम गरेको पनि पाँच वर्ष पूरा हुँदैछ । मेरो लागि यो सुनौलो अवसर हो । धेरै कुरा सिक्ने अवसर मिल्यो । नीतिगत, व्यवस्थापकीय र न्यायिक सवालका विषयमा त झन् आफैं संलग्न भएर काम गर्ने मौका मिल्यो । यसबाट जीवनकै महत्त्वपूर्ण सिकाइ भएको महसूस भएको छ ।
३) सानो उमेरमा पालिकाको जिम्मेवारी सम्हाल्न पुग्नुभयो । उमेरले काममा कत्तिको फरक पार्दो रहेछ ?
कार्यसम्पादनका क्रममा अलिकति चुनौती नै भयोे । निर्वाचित हुँदा २३ वर्षकी थिएँ । म धेरै बोल्ने र छिटो निर्णय लिने खालको छु । उमेरकै कारण पनि यस्तो भएको हो कि ! यसले अलिकति समस्या हुँदो रहेछ । मलाई कार्यालयमा सबैजनाले ‘सानी नानी’ भन्नुहुन्छ । यतिसम्म कि, कुनै महत्वपूर्ण कार्यक्रममा सम्बोधन गर्दा पनि ‘कान्छी नानी’ भन्ने खालको हुने । मलाई सानो देखेर भनेको होला तर पनि अलि नमिठो लाग्दोरहेछ । काम गर्ने क्रममा कहिलेकाहीं ढंग नपुगे जस्तो पनि भयो । तर पनि म आफ्नो जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लागेको हुन्छु । हरेक काम अध्ययन गरेर मात्र गर्छु । यसले चाहिं कार्यसम्पादनमा सहज बनाउँदो रहेछ ।
४) काम गर्दा कर्मचारी वर्गबाट कत्तिको सहयोग पाउनुभयो ?
धेरै उपाध्यक्ष र उपमेयरले कर्मचारीबाट काम गर्न समस्या भएको भनेर गुनासो गरेको सुनेकी छु । तर, मलाई चाहिं त्यस्तो अप्ठेरो महसूस भएन । भोट माग्न जनताको घरदैलोमा पुग्दा त कति बोलियो बोलियो । पाँच वर्ष मात्र होइन, धेरै वर्षलाई पुग्नेगरी बोलिएछ ! तर, बोले जस्तो काम गर्न सहज नहुँदो रहेछ । हामी निर्वाचित भएर आएको शुरूको वर्ष कार्यालय भवन, कर्मचारी केही थिएनन् । काम के गर्ने, कसरी गर्ने भन्ने नै अन्योल थियो । विस्तार–विस्तार कर्मचारीहरू आउन थाले । अहिलेसम्म आएका सबै कर्मचारीसँग काम गर्न सहज नै भएको छ ।
५) धेरैजसो उपाध्यक्ष÷उपमेयरहरूको गुनासो अध्यक्ष÷मेयरले काम गर्न दिनुभएन भन्ने सुनिन्छ । तपाईंले आफ्नो अध्यक्षबाट कत्तिको सहयोग पाउनुभयो ?
अध्यक्षले मलाई सहयोग नै गर्नुभएको छ । वेलामौकामा सल्लाह, सुझाव दिनुहुन्छ । प्रमुख र उपप्रमुखको काम, कर्तव्य र अधिकार फरक छ । आ–आफ्नो जिम्मेवारी र अधिकार क्षेत्रभित्र रहेर काम गर्ने हो भने विवाद नै हुँदैन भन्ने लाग्छ ।
६ ) महिला भएकै कारण आफ्नो कुरा सुनिएन भन्ने लाग्यो कहिलेकाहीं ?
संविधानले सुनिश्चित गरेकै कारण राजनीतिमा महिला सहभागिता बढेको छ । तर, राजनीतिमा आउने सबै महिला सक्षम नभएको पनि देखिन्छ । कुन काम राम्रो हो, कुन नराम्रो हो भन्ने समेत छुट्याउन नसक्ने हुनुहुन्छ कतिपय महिला प्रतिनिधिहरू । हाम्रै पालिकामा पनि यस्तो अवस्था छ । किनकि, पालिकामा अन्य महिला प्रतिनिधि पनि हुनुहुन्छ तर कुनै कार्यक्रम वा सभामा कुरा राख्दा मेरो आवाज एक्लो हुन्छ । ‘उपाध्यक्षले भनेको कुरा त हो, गर्नुपर्छ र !’ भनेर कतिपय आवाज दबाइएका पनि छन् ।
७) चुनावको वेला भोट माग्न जनतासमक्ष जाँदा योजनाहरू पनि लिएर जानुभएको थियो होला । के–के आश्वासन बाँड्नुभएको थियो ?
भोट माग्न जनताको घरदैलोमा पुग्दा त कति बोलियो बोलियो । पाँच वर्ष मात्र होइन, धेरै वर्षलाई पुग्नेगरी बोलिएछ ! तर, बोले जस्तो काम गर्न सहज नहुँदो रहेछ । त्यतिवेला मैले शिक्षा, पर्यटनलाई जोड दिएको थिएँ । बिजुली, सञ्चार आदिको कुरा गरेको थिएँ । महिला सशक्तीकरणका कुरालाई बढी जोड दिएको थिएँ ।
८ ) के–के पूरा गर्नुभयो त ?
हामीले अर्धवार्षिक, वार्षिक र पञ्चवर्षीय योजना बनाएर काम शुरू गरेका थियौं । यसमध्ये धेरै काम सम्पन्न गरेका छौं । पहिले गाउँमा फोनको नेटवर्क थिएन, अहिले सबै ठाउँमा नेपाल टेलिकमको टावर राखेका छौं । पालिकाको भवन निर्माण भएको छ । स्वास्थ्य संस्था, विद्यालयका भवन निर्माण भएका छन् । सबै ठाउँमा सडक पुगेको छ । पहिले चौंरीगोठमा जाने बालबालिकाको पढाइ छुट्थ्यो, हामीले शिक्षाको व्यवस्था ग¥यौं । अभिभावकविहीन बालबालिकालाई विद्यालय पठाउने कुरादेखि, मातृशिशु मृत्युदर न्यूनीकरणको विषयलाई गम्भीर रूपमा अघि बढाएका छौं । गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेका छौं । जति गर्छौं भनेका थियौं त्यति गर्न नसके पनि धेरै काम गर्ने प्रयास गरेका छौं ।
९) गर्न चाहेको तर नसकेका काम पनि होलान् नि ?
शिक्षा, स्वास्थ्य, पर्यटन हाम्रो मुख्य एजेण्डा थियो । कोरोना कहरका कारण सोचे जस्तो गर्न सकेनौं । त्यस्तै; बाढी, पहिरो जस्ता प्रकृतिजन्य प्रकोपसँग पनि लड्नुप¥यो । यसको कारण पर्यटन ठप्प भयो, पर्यटनको विषयमा काम गर्न सकिएन । सामूहिक कृषि खेतीको कुरा गरेका थियौं यो पनि सम्भव भएन ।
१०) महिला सशक्तीकरणको कुरा पनि योजनामा थियो भन्ने कुरा गर्नुभयो । जुगल गाउँपालिकामा महिलाको अवस्था कस्तो छ ?
हामी निर्वाचित भएर आएको पहिलो वर्षभन्दा अहिले महिला दिदीबहिनीमा निकै परिवर्तन आएको छ । हामीले आमा समूह, महिला समूह दर्ता ग¥यौं । ती समूहसँग सचेतनामूलक कार्यक्रमहरू ग¥यौं । लैंगिक हिंसा विरुद्धका अभियानमा महिलालाई नै सहभागिता गराई उहाँहरूकै सक्रियतामा काम ग¥यौं । यसले धेरै सुधार ल्याएको छ ।
न्यायिक समितिले मिलापत्र मात्र गर्छ भन्ने भएर हो वा घटना नै कम भएका हुन्, पछि पछि घरेलु हिंसाका उजुरी आउनै छाडे । आजभोलि साँध–सीमानाका उजुरी बढी आउँछन् ।
११) तपाईं न्यायिक समितिको प्रमुख पनि हो । न्यायिक समितिमा आउने उजुरी कस्ता खालका छन् ?
शुरूको एक÷दुई वर्ष महिला हिंसाका उजुरीहरू धेरै आए । श्रीमान्ले कुट्यो, घरमा यस्तो भयो, उस्तो भयो भन्नेखालका घरेलु हिंसाका घटनाहरू धेरै हुन्थे । न्यायिक समितिले गर्ने भनेको दुवै पक्षलाई सम्झाइ–बुझाइ गरी मिलापत्र गराउने हो । नमिलेको खण्डमा प्रहरीकहाँ पठाइदिने हो । न्यायिक समितिले मिलापत्र मात्र गर्छ भन्ने भएर हो वा घटना नै कम भएका हुन्, पछि पछि यस्ता उजुरी आउनै छाडे । आजभोलि साँध–सीमानाका उजुरी बढी आउँछन् ।
१२ ) आफ्नो कार्यकालभित्र यो–यो काम गरिसक्नैपर्छ भन्ने केही छ ?
हामीले पञ्चवर्षीय योजनाको खाका कोरिसकेका छौं । सबै कामको जग खनेका छौं । अर्को नेतृत्वलाई सजिलो हुने वातावरण बनाइदिएका छौं ।
यद्यपि; गर्नुपर्ने धेरै काम छुटेका छन् । शिक्षालाई गुणस्तरीय बनाउन बाँकी नै छ । बाटो नपुगेका ठाउँमा बाटो पु¥याउनुछ । जुगल हिमाल आरोहणका लागि पर्यटक भित्र्याउन धेरै काम गर्न बाँकी छ । अब हामीसँग धेरै समय त छैन तर पनि दुई महिनाको अवधिमा सकेजति काम गर्नुछ । अहिले यिनै काम सक्नतिर तल्लीन छौं ।
१३ ) फेरि पनि चुनावमा उठ्ने योजना छ कि ?
अहिले नै त्यतातर्फ सोचेको छैन । मैले मात्र योजना बनाएर पनि भएन, पार्टीको निर्णयको पनि कुरा हुन्छ । अहिलेको मुख्य ध्यान भनेको बाँकी रहेका काम सकेजति सिध्याउने नै हो ।