सम्पर्क

काँग्रेस क्षेत्रिय सभापतीद्धारा ह्विलचियर प्रदान


नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती बालकृष्ण बस्नेतले अपाँगता भएका ब्यक्तिहरुलाई ह्विलचियर र खाद्यान्न सहयोग गर्नुभएको छ ।
बाह«विसे नगरपालिका वडा नं. ७ घुम्थाङ राक्से गाउँमा रहेका बिकुलाल तामाङ र अर्जुन थापालाई क्षेत्रिय सभापति बस्नेतले वस्नेत उक्त सहयोग गर्नुभएको हो । दुवै अपाँगता भएका ब्यक्तिहरुको सपना ह्विलचियरमा बस्ने भएको थाहा पाएपछी बस्नेतले उक्त सहयोग गर्नुभएको हो । ह्विलचियर र खाद्यान्न सहयोगपछी आफ्नो भनाई राख्दै क्षेत्रिय सभापति बस्नेतले जनताको हरदुखमा मलम पट्टी लगाउन काँग्रेस सदैब लागिपरेको बताउनुभयो ।