सम्पर्क

ब्रेकिङ न्युज २

सुशासनका लागि सुदृढ निर्वाचन प्रणाली विषयक अन्तर्क्रिया

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सुशासनका लागि सुदृढ निर्वाचन प्रणाली विषयक अन्तर्क्रिया कार्यक्रम गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सामुदायिक सारथिको सहयोग र गैर सरकारी सँस्था महासँघ सिन्धुपाल्चोकको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा सहभागि हुनुभएका अधिकाँशले नो भोट सहितको पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो । गैर सरकारी सँस्था महासँघ सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द सापकोटाको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर अमानसीं तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेत, गैर सरकारी सँस्था महासँघका केन्द्रीय उपमहासचिव राजेन्द्र शर्मा, जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधी विदुर रायमाझी, नेकपा एमालेका जिल्ला सचिव रामचन्द्र ब...

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि थप

बिजनेस, ब्रेकिङ न्युज २
बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि थप थप भएको छ । कम्पनीको आईपीओमा आवेदन दिने छिटो अवधि आज (बिहीवार) सम्म रहेपनि आईपीओमा पूर्ण आवेदन नपरेको हुनाले फागुन १९ गतेसम्म विक्री हुनेछ । कम्पनीको आईपीओमा बुधवार बिहान १० बजेसम्म ५ लाख ५० हजार २३० कित्ताका लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार उक्त अवधिसम्म २ हजार ९२२ जनाले रू. ५ करोड ५० लाख बराबरको आवेदन दिएका हुन् । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल वडा नं २,३,४ का स्थायिनलाई छुट्याएको छ भने बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता शेयर आयोजनाका १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाृँउपालिकाक...

नेपाल ट्रक कन्टेनर ढुवानी सेवाबाट पूर्वमन्त्री बस्नेतलाई सम्मान

ब्रेकिङ न्युज २, समाचार
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतलाई नेपाल टक्र कन्टेनर ढुवानी सेवा लिमिटेड लोकन्थलीले सम्मान तथा बधाई प्रदान गरेको छ । उक्त लिमिटेडका पदाधिकारीहरुको सहभागितामा पूर्व मन्त्री बस्नेतलाई सम्मान गरिएको हो । ढुवानी सेवा लिमिटेडका सचिव सुवास तिमल्सिनाले तातोपानी नाका अहिले पनि पूर्ण रुपमा संचालनमा नआएको, नाकामा ढुवानी सेवामा एकाधिकार गरिएको हुदाँ नाका पूर्णरुपमा संचालनका लागि नेपाल सरकारसंग पहलकदमी गर्न, ढुवानी सेवामा एकाधिकार हटाउनका लागि सहजीकरण गरिदिन पूर्व मन्त्री बस्नेतलाई बधाई र सम्मान गरिएको बताउनुभयो । उक्त लिमिटेडका अध्यक्ष अर्जुन सापकोटाका अनुसार २०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पबाट अहिलेसम्म उक्त नाकालाई चीन सरकारले मनमौजी रुपमा खोल्ने र बन्द गदै आईरहेको छ । अहिले आँशिक रुपमा मात्रै सो नाका संचालनमा छ । त्यसकारण तातोपानी नाका...

पाँचपोखरी टी–२०जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने, जिल्लाका ८ टिम सहभागी हुने

खेलकुद, ब्रेकिङ न्युज २
सन्तोष सिग्देल ’स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुदको आयोजना गर्न लागेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । । गाउँपालिकाले २०७४ सालदेखि निरन्तर रुपमा जितबहादुर खड्काको स्मृतिमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको ३ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । उक्त प्रतियोगिता काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा यहीफागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुदविकास समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ वटा टिम सहभागिता रहनेछ । विश्वमै देखि...

मेलम्चीको मर्मतमा तीन निकाय, पानी काठमाडौं आइपुग्न अझै समय लाग्ने

ब्रेकिङ न्युज २, समाचार
बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना मर्मतमा तीन वटा निकाय खटिएका छन् । तीन सातायता मेलम्चीको मर्मत मेलम्ची खानेपानी आयोजना, सिँचाइ मन्त्रालय र सडक विभागले गरिरहेका छन् । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तका अनुसार अहिले हेडर्वक्सको काम भइरहेको छ । जहाँ बाढीले ल्याएर थुपारेको थेग्रिनी छ । हेडर्वक्स वरपर ठूलो मात्रामा थेग्रिनी छ । थेग्रिनी सफा गर्ने क्रममा ठूला–ठूला चट्टान फेला परेका छन् । ‘ती चट्टान विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउँदै हटाउने काम भइरहेको छ,’ पन्तले भन्नुभयो , ‘त्यो काम मेलम्ची खानेपानी आयोजना विकास समितिले गरिरहेको छ ।’ पन्तका अनुसार थेग्रिनी दसदेखि पन्ध्र मिटरसम्म छ, सँगै ठूला ढुंगा फेला परिरहेका छन् । गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो । बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो । टालिएको मु...

राष्ट्रिय युवा संघद्धारा बाह्रबिसेमा रक्तदान कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
राष्ट्रिय युवा संघ नेपालका जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्धारा बाह्रबिसेमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम गरिएको युवासंघ नेपालका जिल्ला संयोजक राजन दुलालले जानकारी दिनुभयो । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका बेला हुनसक्ने रगतको आभावलाई मध्यनजर गर्दै शुरु भएको रक्तदान कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा ५५ जनाले रक्तदान गर्नुभयो । उक्त कार्यक्रममा पार्टीका सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रम सहभागी सम्पुर्णलाई सुरुमै सेनिटाईज प्रयोग गरी कार्यक्रम शुरु गर्नुभएको थियो ।...

विद्यालयमा व्यवस्थापन समितिको टिम नै महिला सर्वसम्मत

ब्रेकिङ न्युज २, समाचार
दिपेन्द्र श्रेष्ठ चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ मा रहेको सेतीदेवी माध्यामिक विद्यालय स्याउलेको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन भएको छ । समितिमा विद्यालयका प्रधानाध्यापक र वडाका अध्यक्ष स्वत पदेन सदस्य बाहेकका अध्यक्ष सहित सम्पूर्ण सदस्य महिला सर्वसम्मत भएको हो । निरमाया लामाको अध्यक्षतामा सदस्यहरु क्रमश ः सरिता तामाङ, उमा परियार, अनिता तामाङ, देवकी कार्की थापा, कमलामाया श्रेष्ठ, सानुकान्छा श्रेष्ठ र शालिकराम ओली सर्वसम्मत चयन हुनुभएको हो । शिक्षक पन्चलाल श्रेष्ठका अनुसार पुरूषहरूमा सहमती जुट्न नसकेपछि महिलाहरू अग्रसर भएर अध्यक्षलगाएतको प्रस्ताव आएसंगै सहमती जुटाउन नसकेका पुरूषहरूलेपनि समर्थन गरेपछि सर्वसम्मत टुङ्गिएको हो । प्रधानाध्यापक शालिकराम ओलीले एक शिक्षक प्रतिनिधी हरिशरण श्रेष्ठ चयन गरि समिति टुङ्गाएको बताउनुभएको छ ।...

सेनाले भोलीबाट मेलम्ची मुहानको ढुँगा फुटाउन सुरु गर्ने

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नदीको मुहानमा बाढीले ल्याएका ठूला ढुँगालाई विष्फोट गराउन नेपाली सेनाले भोलीदेखि शुरु गर्ने भएको छ । स्काभेटर ब्रेकरले उक्त ढुँगाहरु फुटाउन नसकिएपछि मेलम्ची खानेपानी आयोजनाले सेनासँग सहयोग मागेको थियो । मुहान क्षेत्रमा रोडा निकाल्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले अस्थायी रुपमा चैतभित्रमा काठमाडौं उपत्यकामा खानेपानी ल्याउने गरी काम गर्ने जिम्मा पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिइसकेको छ । विस्फोटक पदार्थसहित सेना मुहान क्षेत्रमा पुगिसकेको छ । भोलीदेखि विस्फोटन गरी काम सुरु गर्ने मेलम्ची खानेपानी विकास समिति प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । हाल मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा ट्रिपरले काम धमाधम भइरहेको पन्तले जानकारी दिनुभयो । आयोजनाले फागुन दोस्रो सातासम्म मुहान सफाइको काम सम्पन्न भइसक्ने जनाएको छ । मुहान सफाइमा माथिल्लो तह...

दुई दिन सर्यो काँग्रेस जिल्ला अधिवेशन

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ । बिहीबार बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि सारेको हो । काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो । काँग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँकै, अछाम र कैलालीको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको थियो ।...

चौतारामा एमसीसीको विरोधमा उत्रिए अखिल (क्रान्तिकारी)

ब्रेकिङ न्युज २, राजनिती
एमसीसीको बिरोध गर्दै चौतारामा अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकले नारावाजीसहितको र्याली निकालेको छ । प्ले कार्ड र संगठनको झण्डा र व्यानरसहित विरोधमा उत्रिएको अखिल (क्रान्तिकारी) का विद्यार्थीहरुले भिन्तुना चोकबाट र्याली निकालेका थिए । शेर बहादुर देउवा नेतृत्वको सरकारले घुमाउरो शैलीमा पास गर्न लागेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन र युवा संगठनले काठमाडौंमा बुधवार पनि व्यापक र्यालीसहत शिंहदरवार घेराउ गरेको थियो । विहिवार चौतारमा गरेको विरोध र्यालीमा एमसीसी खारेज गर, राष्ट्रघाती एमसीसी मूर्दावाद, गो व्याग एमसीसी, नो एमसीसी, एमसीसी चाहीदैन देश बेच्न पाईदैन, अमेरीकी साम्राज्यवाद मूर्दावाद, अखिल क्रान्तिकारी जिन्दावाद भन्दै चर्को नारावाजी गदै पुरानो बजार हुँदै टुँडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो । क्रान्तिकारीको विरोधको नारालाई चौताराको स्थानीय वासीन्दाहरुले समेत सा...