सम्पर्क

चौतारामा एमसीसीको विरोधमा उत्रिए अखिल (क्रान्तिकारी)

एमसीसीको बिरोध गर्दै चौतारामा अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकले नारावाजीसहितको र्याली निकालेको छ । प्ले कार्ड र संगठनको झण्डा र व्यानरसहित विरोधमा उत्रिएको अखिल (क्रान्तिकारी) का विद्यार्थीहरुले भिन्तुना चोकबाट र्याली निकालेका थिए ।
शेर बहादुर देउवा नेतृत्वको सरकारले घुमाउरो शैलीमा पास गर्न लागेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन र युवा संगठनले काठमाडौंमा बुधवार पनि व्यापक र्यालीसहत शिंहदरवार घेराउ गरेको थियो ।
विहिवार चौतारमा गरेको विरोध र्यालीमा एमसीसी खारेज गर, राष्ट्रघाती एमसीसी मूर्दावाद, गो व्याग एमसीसी, नो एमसीसी, एमसीसी चाहीदैन देश बेच्न पाईदैन, अमेरीकी साम्राज्यवाद मूर्दावाद, अखिल क्रान्तिकारी जिन्दावाद भन्दै चर्को नारावाजी गदै पुरानो बजार हुँदै टुँडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो । क्रान्तिकारीको विरोधको नारालाई चौताराको स्थानीय वासीन्दाहरुले समेत साथ दिएका थिए । कोण सभालाई सम्वोधन गदै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष छितिज तामाङले “हामी ज्यानको बाजी राख्छौ र मर्न तयार हुन्छौँ कुनै पनि हालतमा एमसीसी पारित गर्न दिने पक्षमा नरहेको बताउनुभयो । कोण सभामा नेकपा (माओवादी केन्द) पार्टी नगर ईन्चार्ज उजारसिं तामाङ, वाईसियल नगर अध्यक्ष सुजन श्रेष्ठ , क्रान्तिकारीको उपाध्यक्ष प्रविण चौलागाई, हरी पौडेल सहसचिव प्रदिप पराजुली, निश्चल सञ्जेल साथै क्याम्पस इकाईमा आवद्ध विद्यार्थी लगाएतका पार्टीको नेता कार्यक्रर्ताको समेत उपस्थीती रहेको थियो । कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारीका जिल्ला सचिव सुवास गौतमले गर्नुभएको थियो ।